महाप्रबन्धक बलद्धारा समाज रुपान्तरणमा सर्जकहरू जुट्नु आह्वान


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ साउन

नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वलले नेपाली साहित्य श्रीवृद्धिका लागि काभ्रेली स्रष्टा र साहित्यकारहरूको उल्लेख्य योगदान रहेको बताएका छन् । उनले समाज रुपान्तरणमा अब नयाँ शिराबाट सर्जकहरु जुट्नु श्रष्टाहरुलाई आह्वान गरेका छन् ।

रोशी वाङ्मय प्रतिष्ठानले साउन २७ गते काभ्रे जिल्लाको भकुण्डेबेसीमा आयोजना गरेको प्रतिष्ठानको ११औँ साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रममा महाप्रबन्धक बलले सो कुरा व्यक्त गर्नुभएको हो ।

रोशी साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा नमोबुद्ध नगरपालिकाका प्रथम मेयर टिपि शर्मा तिमल्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक दिपक समीर, रेडियो नमोबुद्धका अध्यक्ष भक्तबहादुर स्याङ्तान, मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, नमोबुद्ध वडा नं. ४ का पूर्ववडा अध्यक्ष उद्धवप्रसाद काफ्ले, जनक मा.वि.का प्रधानाध्यापक प्रदीप पोखरेल, जग्गादाता मुक्तिराज हुमागाईं, जापानी सूचना केन्द्र नेपालका अध्यक्ष मदनकृष्ण सिलवाललगायत आतिथ्यता रहेको थियो ।

उद्घाटन सत्रमा दीप प्रज्वलन गरी तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व. गोविन्दबहादुर थापाको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

संस्थाका सचिव यन्त्रनाथ खनालद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य दिनेश अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष मोदनाथ अधिकारीले प्रस्तुत गर्नुुभएको थियो ।

सो कार्यक्रममा स्थानीय कविहरु हरिकृष्ण सिलवाल र भैरवकुण्ड संरक्षण समितिका अध्यक्ष केदारप्रसाद पौडेलले सुन्दर कविता वाचन गर्नुभएको थियो । भेलाले टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत ढंगबाट चयन गरेको छ ।

उपाध्यक्षमा मोदनाथ अधिकारी, सचिव यन्त्रनाथ खनाल, कोषाध्यक्ष्,ा अनिता शिल्पकार, सदस्यहरूमा ऋषिराम हुमागाईँ, दिनेश अधिकारी, रमेशप्रसाद न्यौपाने, हरिकृष्ण सिलवाल र राजु काफ्ले बयरधारी रहेका छन् भने दुई सदस्य पछि मनोनित गरिने भएको छ ।