हिँड्दा हिँडदैको ट्रेलर रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ साउन

चलचित्र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनीको तयारीमा छ । भदौ १ गते प्रदर्शन हुने फिल्मको ट्रेलर बुधबार सार्वजनीक गरिएको छ । युट्युव च्यानल डिएआर मुभीजमार्फत दर्शकमाझ ल्याइएको करिब तीन मिनेट लामो टे«लरमा फिल्मका सबै प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ ।

यो चलचित्रको निर्देशन मिलन आले मगरले गरेका हुन् । सुशील पंगेनीको लेखन र निर्माण रहेको फिल्ममा आकाश श्रेष्ठ,सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह,सानीया खान,भोला सापकोटा,बिमल श्रेष्ठ,बिशाल श्रेष्ठ,बिकास थापा मगर र बालकलाकार अर्विन थिङले अभिनय गरेका छन् ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता बिमल श्रेष्ठ हुन । सुमनकुमार तण्डुकारले खिचेको फिल्मका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकलको संगीत,कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी अनि देव महर्जनको द्धन्द्ध निर्देशन छ । राज लामा निर्माता रहेको फिल्मको सहनिर्मातामा प्रमोदकुमार तामाङ र महादेव साह छन् ।

गौतमराज खड्काले सम्पादन गरेको फिल्मको कलर ग्रेडिङ समीर मियाँले गरेका हुन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको ट्रेलरमा आकाश र रेखाबीच प्रेम,बिश्वास र धोकाको परिक्रम प्रस्तुत गरिएको छ । अभिनेता आकाशको फिल्म करिब एक बर्षपछि दर्शकमाझ आउन लागेको हो ।