समर्पण कार्की भए मिष्टर नेपाल २०२३


ब्युटी न्युज नेपाल
काठमाडौंँ ६ साउन

‘मिष्टर नेपाल २०२३’ को उपाधि बिराटनगरका ३२ समर्पण बर्षिय कार्कीले हाँसिल गरेका छन् । पेशाले पाइलट कार्की १८ प्रतियोगीलाई पछि शिर्ष विजेता बनेका हुन् । कार्कीले मिष्टर इन्टल्लेक्चुअलको उपाधि समेत हासिल गरे ।

प्रतियोगीतामा शिर्ष विजेता कार्कीले नगद ५ लाख बराबरको उपहारसँगै ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

काठमाडौंमा शनिबार अबेर साँझ एक भब्य समारोहकाबीच आयोजना भएको प्रतियोगीतामा काठमाडौंका निमेश कपाली फष्टरनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका डा.विजय दुवाडी थर्ड रहनरअफ र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए । रनरअप विजेता कपालीले बेष्ट पर्सनालीटी, श्रेष्ठले मोष्ट ट्यालेन्ट र स्टाइल आइकन, दुवाडीले पब्लिक च्वाइस, लामिछानेले मोष्ट फोटोजेनिक घोषित भए ।

सो प्रतियोगीतामा मोष्ट पपुलर रमननाथ गिरी, मिष्टर एक्टिभ र बेष्ट फिजिक प्रेम कुमार यादव, बेष्ट स्किन मिकाज कार्की, बेष्ट हेयर राजीव तिवारी र म्यान च्वाइस लोकेश प्रधानाङ्गा बने । ।

प्रतियोगिताको निर्णायकमा अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे, विश्व किरण जैन, लु लिन, मनिषा डंगोल, राजभाई सुवाल, शैलजा अधिकारी थिए । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता गत बर्षबाट नेक्स्ट मोडल्स नेपालले आयोजना गर्दै आएको छ ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगीतामा पाइलट, डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट लगायत प्रतियोगीका रुपमा रहेको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए । प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको प्रतियोगीतामा बिभिन्न सांगीतिक प्रस्तुतिले रौनक थपेको थियो ।