शिवको स्वरमा आयो कसरी भुल्नु तिमीलाई


ब्युटी न्युज नेपाल
काठमाडौं, १ साउन

गायक शिव परियारको स्वरमा नयाँ गीत ‘कसरी भुल्नु तिमीलाई…’ को भिडियो दर्शकमाझ आएको छ । यो गीतमा सत्यकला लामाको शब्द र सिडी विजया अधिकारीको संगित रहेको छ । गीतमा उर्गेन दोङको एरेन्ज र दीपेश प्रधानको मिक्सिङ तथा मास्टरिङ छ । भिडियो एएमएस इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

एएमएस इन्टरटेनमेन्टको व्यानरमा यो गीतको भिडियो निर्माण भएको हो । यो गीतको भिडियोमा नयन सिंह, याङी दोङ, कुमार कार्की र लिलम थापाको अभिनय रहेको छ । गीत प्रेम र वियोग शैलीमा तयार गरिएको छ ।

विक्रम चौहान निर्देशित भिडियोमा नरेश अय्यरको छायांकन, लक्ष्मण चौहानको सम्पादन, मिलन विश्वकर्माको कलर ग्रेडिङ रहेको छ । भिडियोका निर्माता कुमार कार्की हुन् ।