२४ घन्टामै योगेन्द्रको ‘क्लियर कट’ ट्रेण्डिङ्गमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ असार

संगीतकार योगेन्द्र उपाध्यायले आफ्नो संगीतमा नयाँ गीत ‘क्लियर कट…’को भिडियो दर्शकमाझ ल्याएका छ । यो भिडियो रिलिज भएको २४ घण्टा नवित्दै युट्युवको ट्रेण्डिङ्गमा परेको छ । सार्वजनिक गीतमा योगेन्द्रको संगीत, डिपी खनालको शब्द र शंकर थापा स्माइलको स्वर र उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

शुक्रबार सार्वजनिक गरिएको लोकपप शैलीको गीत टिकटक तथा अन्य सामाजिक सञ्जालमा समेत चर्चित बनिसकेको छ । धेरै लामो समय पछि रिलिजको २४ घण्टा नवित्दै गीत ट्रेण्डिङ्गमा परेको हो ।

गीतको भिडियोलाई कार्टुन क्रुजले निर्माण गरेको हो । सरोज अधिकारीको निर्देशन रहेको भिडियोमा पवन सुस्लीङको छायाँकन र सरोज अधिकारीकै सम्पादन रहेको छ ।

सविन भण्डारी र अनुस्का श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा एञ्जेल राई, पुर्वि सेन, आदर्श गहतराज, योगेश भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

त्रिभुवन विश्वबिद्यालयबाट संगीतमा माष्टर गरेका योगेन्द्रका यसअघि पनि थुप्रै गीतहरु चर्चित छन् ।