टेली चलचित्र केशरीको टिजर सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ असार

सामाजिक टेली चलचित्र ‘केशरी’को टिजर सार्वजनिक गरिएको छ । रघुजी फिल्मसको निर्माणमा बनेको यो टेलि चलचित्रको सार्वजनीक टिजरमा नारी सेन्टिमेन्टलाइ देखाईएको छ । केशरीको मुख्य पात्र आशा भुषालले निभाएकी छन् । थुप्रै चलचित्र,म्युजिक भिडियो तथा टेली चलचित्रमा काम गरि सकेकी आशाले ‘केशरी’ मा जिवन्त अभिनय गरेकी छन् ।

उत्तम अधिकारीको लेखन तथा निर्देशनमा बनेको टेली चलचित्र ‘केशरी’मा नारी बेदनाको कथालाई महत्वपूर्ण स्थान दिइएको छ। नेपाल नेटवर्क टेलिभिजनबाट प्रत्येक सोमवार साँझ ७ बजे प्रशारण हुने टेली चलचित्र ‘केशरी’ले गाउँले जन जीवनको यथार्थ कथा बोल्ने लेखक तथा निर्देशक अधिकारीले बताए। टेली चलचित्र ’केशरी’ ५२ भाग सम्म पुर्याउने लक्ष्य रहेको छ ।

टेली चलचित्र ‘केशरी’ का निर्माता रघुनाथ सापकोटा हुन् उनलाई निर्माणमा राज कुमार श्रेष्ठले सघाएका छन्। टेली चलचित्रको छायाँकन एलेक्स पुडासैनीले गरेका हुन् भने सम्पादन बन्दे प्रसादले गरेका हुन् । ‘केशरी’मा आशा भुषालको अलावा लक्ष्मीनाथ तिमल्सिना,विनय राज पौडल,प्रदीप सिंह थापा,करुणा श्रेष्ठ,चण्डिका बस्नेत,रेशम फिरिरी,सुरज अधिकारी,समीर खनाल,स्मृति बस्नेत, डिम्पल खरेल,बिष्णु रोक्का लगायतका कलाकारको अभिनय रहेको छ।