भारतीय फिल्मी बिबाद : बालेन बिरुद्ध अदालतमा मुद्धा परेपछि सडकमा उत्रिए समर्थक


ब्युटी न्युज नेपाल
काठमाडौंँ, १० असार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंमा भारतीय सिनेमा प्रदर्शन गर्न नदिने भनेर उच्च अदालत पाटनको अपहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झले बालेनविरुद्ध शुक्रबार अदालतको अवहेलनासम्बन्धी रिट निवेदन हालेकी थिईन् ।

सो रिट बिरुद्ध आईतबार बालेन शाहका हजारौं समर्थक सडकमा उत्रेर झाको बिरुद्ध आबाज उठाए । सो मुद्धा तत्काल फिर्ता लिएर राष्ट्रियताको पक्षमा उत्रन समर्थकले चेतावनी दिए ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भारतीय फिल्म आदिपुरुषमा रहेको सिता भारतकी छोरी हुन भन्ने आशयको सम्बाद सो फिल्मबाट विश्वव्यापी नहटाए भारतीय फिल्म काठमाडौं महानगरपालिका भित्र चल्न नदिने घोषणा गरेका थिए । तर उनको निर्देशन बिरुद्ध उच्च अदालत पाटनमा भारतीय फिल्मका प्रदर्शन वितरकहरुको तर्फबाट हालिएको मुद्धामा उच्च अदालत पाटनले नेपालमा सेन्सर पास भएका फिल्मलाई प्रदर्शन रोक्न नपाउने भन्दै बिहिबार आदेश दियो । त्यो आदेश बालेन साहले नमान्ने घोषणा गरे ।

सो घोषणा गलत्तै वर्षाकुमारी झाले सर्वाेच्च अदालतमा उच्च अदालतको अपहेलनाको मुद्धा दर्ता गराएकी हुन् । उनले सो मुद्धा दर्ता गराएपछि उनलाई भारतीय पक्षधर भनेर आईतबार वालेन साहका समर्थकले निकालेको जुलुसमा आलोना गरे ।

वर्षाले दायर गरेको मुद्धालाई सर्वोच्चले आईतबार हेर्न भ्याएन । अदालतको सो अवहेलना मुद्दा हेर्न नभ्याइनेमा सूचीमा आईतबार परेको छ ।
अधिवक्ता वर्षाकुमारी झले बालेनविरुद्ध दिएको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको हो । बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको अधिवक्ता झाले रिट निवेदनमा दाबी गरिएको छ ।