इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्डमा सहभागी हुँदै सृष्टि र जोया


ब्युटी न्युज नेपाल
काठमाडौंँ, १० असार

‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ मा नेपालको तर्फबाट बिभिन्न ५ ब्यक्ति सहभागी हुने भएका छन् । अवार्डमा निर्णायक, प्रतियोगी र नोमिनिज गरेर तीन बिधाका लागि ५ ब्यक्ति सहभागी हुन लागेका हुन् ।

‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’मा नेपालबाट ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ सृष्टि महर्जन र ‘मिसेस स्टार युनिभर्स नेपाल २०२३’ जोया बुढाथोकी अवार्डमा प्रतियोगिताको रुपमा सहभागी हुने भएका छन् । यो दुबईमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम हो ।

यही प्रतियोगितामा फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र ब्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ अवार्डको नोमिनिजका रुपमा सहभागी हुनेछन् । त्यस्तै ग्रीन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ निर्णायकको रुपमा सहभागी हुने भएकी छिन् ।

असार २० (५जुलाई)मा आयोजना हुने उक्त अवार्डमा सबै ब्यक्ति ग्रिनआर्ट मिडियाको तर्फबाट सहभागी हुन लागेका हुन् । अवार्डमा दुई दर्जनबढी देशका प्रतिनिधिको सहभागीता रहनेछ ।

मिडियाले शुक्रबार बत्तिसपुतलीस्थित स्ट्याण्ड लञ्च एण्ड बारमा आयोजित एक कार्यक्रमबीच दुबईको कार्यक्रम र सहभागीको बारेमा जानकारी गराएको हो ।

कार्यक्रममा मिडियाले जोया बुढाथोकीलाई ‘मिसेस स्टार युनिभर्स नेपाल २०२३’ र सृष्टि महर्जनलाई ‘मिस स्टार युनिभर्स नेपाल २०२३’को ताज सहित प्रतियोगीतामा सफलताको लागि शुभकामना दिएको थियो ।

कार्यक्रममा ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौलले ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड’को बिभिन्न बिधामा नेपालको प्रतिनिधित्व हुन नेपालको लागि गौरवको बिषय भएको बताए ।