राजेन्द्रको संगीत र अमिसाको स्वरमा आयो नाचूँ नाचूँ लाग्छ


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ असार

संगीतकार राजेन्द्र बजगाईंको संगीत तथा बाल गायिका अमिसा बजगाईंको स्वरमा नयाँ बालगीत ‘नाचूँ नाचूँ लाग्छ…’को भिडियो सार्वजनिक भएको छ ।

यो गीतलाई संगीता घिमिरेले लेखेकी हुन् । यो गीतमा संगीतकार राजेन्द्रकै संगीत संयोजन रहेको छ । भिडियोको निर्देशन पनि राजेन्द्र आफैंले गरेका हुन् ।

बालगीत नाचूँ नाचूँको भिडियो त्रिमूर्ति इन्टरटेनमेन्ट युट्युबमार्फत् सार्वजनिक गरिएको हो । म्युजिक किचन स्टुडियोमो गीतको रेडर्क गरिएको हो । गीतलाई मनोज परियारले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

यो गीतको भिडियोमा केशव विश्वकर्माको छायांकन, राजेश कुँवरको सम्पादन, जिन्सन खत्रीको मेकअप तथा गुरु मुखियाको ड्रोन रहेको छ । चरण बजगाईं, शीतल बजगाईंको प्रस्तुति रहेको यो भिडियो नेपाल घुम्न आउँदा बनाएको उनको भनाइ थियो ।