एनएनटिभीले क्विज शो विनर ल्याउँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ असार

नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) ले भाद्र अन्तिम साताबाट प्रीमियम क्विज शो ’विनर’ को सुरुवात गर्ने भएको छ । डिएआर मूभिजको फर्म्याट रहेको कार्यक्रममा +२ स्तरका विद्यार्थी हरुले भाग लिन पाउनेछन्।

कुल ३६ टीम सहभागि रहने सो को सेट निर्माण सम्पन्न भई सकेको टेलिभिजनका प्रबन्ध निर्देशक श्याम धितालले जानकारी दिए । शोका सञ्चालक टेलिभिजनले सार्वजनिक गरेको छैन। टिम दर्ताको लागी आव्हान गरिएको छ । असार मसान्त सम्म टिम दर्ताको लागी समय रहेको टेलिभिजनले जानकारी दिएको छ ।

धितालका अनुसार क्विज शो ’विनर’ को विजेताले नगद तिन लाख र द्धितीय हुनेले नगद दुई लाख नगद पुरस्कार पाउनेछन् ।