सुनिल मास्केको ‘अनुभव’ बिमोचित


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असार

संगीतकार सुनील मास्केले आफ्नो बाह्रौँ गीतिसँग्रह ‘अनुभव’ सार्वजनिक गरेका छन् । काठमाडौँमा एक कार्यक्रम गर्दै उनको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक गरिएको हो । सार्वजनिक एल्बममा उदय सोताङ्ग र मनिला सोताङ्ग स्वर रहेको छ। सार्वजनिक एल्बममा ५ वटा गीत समाबेश छ ।

बिमोचन समारोहमा यो सँग्रहमा समाबेश गरिएका दुइ वटा गीतको भिडियो समेत सार्वजनिक गरिएको थियो। सार्वजनिक भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन्।

सँग्रहमा रहेको कति कुरा मिठा बातमा हुन्छ गीतमा अर्जुन रत्न भिखारीको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन रहेको छ । हात समाई मिठा बात गरेको गीतमा नुतन भुषालको शब्द र संजीव बराइलीको संगीत संयोजन रहेको छ भने तिम्रो माया जीवनको खेल होकी गीतमा योगेन्द्रमणि दाहालको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन रहेको छ ।

सँग्रहको कता गयो त्यो बैंश बोलको गीतमा तुलसी बस्नेतको शब्द र रिदम कंडेलको संगीत संयोजन रहेको छ । तिमि संगै जिन्दगानी बिताउन पाउँ गीतमा सुनिता बस्नेत थापाको शब्द र सचिन सिंहको संगीत संयोजन रहेको छ। सबै गीतका रेकर्डिस्ट राजेश श्रेष्ठ हुन् भने किशोर थापाले मिक्सिङ्ग र मास्टरिङ्ग गरेका छन् ।