सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा पँवरिआ नाच सँगोष्ठी


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असार

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा– प्रतिष्ठान नृत्य विभागले लोपोन्मुख अबस्थामा रहेको ‘पँवरिआ नाच’को सँरक्षणको लागि बारा जिल्लाको आदर्श कोतवाल गाउपालिकामा ‘पँवरिआ नाच तथा सङ्गोष्ठि कार्यक्रम २०८०’ आयोजना गरेको छ ।

प्रज्ञा परिषद् सदस्य एवम् नृत्य विभाग प्रमुख प्राज्ञ बखत हमालको सभापतित्वमा सम्पन्न भएको उक्त सङ्गोष्ठी कार्यक्रमको स्थानीय कलाकारहरुले पँवरिआ नृत्य प्रस्तुत गरे । सो नृत्य हेर्न स्थानीयहरुको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रममा सो नृत्यबारे भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले कार्यपत्र प्रस्तुत गरे । उनले सो कार्यपत्रमा पँवरिआ नृत्यको उत्पत्ति, विकाश क्रम, अहिलेको अबस्थाबारे उल्लेख गरेका थिए । उनको कार्यपत्रमा भाषा आयोगका सदस्यहरु गोपाल अस्क र प्राज्ञ विनित ठाकुरलगायतले टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै भाषा आयोगका अर्का सदस्य मातृका पोखरेलले देशभरका लोपोन्मुख नृत्य तथा कला संस्कृतिलाई जोगाउन यस्ता कार्यक्रमलाई देशभरी पु¥याउन सुझाब दिए ।

कार्यक्रममा प्रतिष्ठानको कर्मचारी संघका अध्यक्ष एबम् आयोजक हिलारी बन्धु भुजेलले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्यबारे प्रकाश पारे ।

स्थानीय कलाकारहरुले पँवरिआ नृत्य पछिल्लो समय लोपोन्मुख अबस्थामा रहेकोले यसलाई सँरक्षण गर्नका लागि आयोजकसँग अपिल गरे ।

कार्यक्रममा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य बखतबहादुर हमाल (सुवर्ण)ले मधेस प्रदेश र तराईमा बसोबास गर्ने पँवरिआ जाति बिशेषको यो नृत्य जीवनयापनसँग जोडेर लैजान कठिनाइ भएको बताए । यसको खोज, अनुसन्धान, संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले आफुहरुले आदर्श कोतवाल गाउँमा यो कार्यक्रम गरेको पनि हमालले प्रकाश पारे ।

कार्यक्रममा बोल्दै अतिथिहरुले नेपाली लोक तथा मौलिक नृत्यहरुको थप खोज र अनुसन्धान गरि पुस्तान्तरण गर्ने अभिलेखिकरण गर्नु पर्नेमा भनाई राखे । सो कार्यक्रमको सहजीकरण जयप्रकाश लाल दासले गरेका थिए ।