सिमान्त सन्तोष र सब्बुको तिमी बिना जीवन


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असार

सिमान्त सन्तोष र सब्बु केसीको स्वरमा रहेको गीत ‘तिमी बिना जीवन’को भिडियो दर्शकमाझ आएको छ । ध्रुव विश्कोको शब्द÷सङ्गीत, योगशकाजीको सङ्गीत संयोजन र नरेन्द्र वियोगीको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुदिप वरालको निर्देशन रहेको भिडियोमा सिमान्त र स्वरुपा सुवाललाई फिचरिङ गरिएको छ । सुदिपकै छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको कलर एवम् सम्पादन छ । मुस्ताङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियो सिमान्तको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।

‘उचाई’ एल्वमबाट साङ्गीतिक यात्रा सुरु गर्नुभएका सिमान्तका ‘मेरो दिल दुखायौ के पायौँ’, ‘तिमी पुजाकी थालि हौ‘’, ‘हेरिदेउन छड्के छड्के‘’, ‘दुर्गाले मुर्गा बनाई’ जस्ता गीत स्रोता÷दर्शकको रोजाइमा छन् ।