वान एक्स बेटमा प्रकाउ परेका बल्छी धुर्बे सहितलाई ६ दिन म्याद थप


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असार

वान एक्स बेट प्रबर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार र युट्युवरलाई प्रहरीले थप ६ दिन हिरासतमा राख्न म्याद थप गरेको छ । उनीहरुलाई जिल्ला अदालत काठमाडौंले थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको कलाकारहरुमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो) र बेगम नेपाली (भटभटे माइला), युट्युबरहरु एलिश राई, जलन घर्तीमगर, गणेश देवकोटा (जीडी) रहेका छन् ।

काठमाडौं जिल्ला अदालतले यसअघि दिइएको ४ दिनको समय सकिएपछि आज आईतबार ६ दिनको समय थपेको हो । प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, बल्छी ध्रुवे, एलिस राईसहितका यी कलाकार र युट्युवरलाई पक्राउ गरेको हो । उनीहरुलाई गैप्रहरीले रकानुनी रुपमा अनलाइन जुवा खेलाइरहेको उक्त गिरोहलाई साथ दिएको भन्दै केही कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई वान एक्स बेटको प्रचारप्रसार गरेर लाभ लिएको आरोप लगाउँदै भनेको छ,‘पक्राउ परेकाका ८ जनाले १० देखि ४० लाखसम्म रकम वान एक्स बेटबाट बुझेको भेटिएको छ’, ‘प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका सबैले अनलाइन जुवाको प्रमोशनका लागि रकम लिएको पाएका छौँ। थप अनुसन्धान भइरहेकाले अझै विस्तृत खुल्न बाँकी छ।’

प्रहरीले गत बुधबार पक्राउ परेको एउटा गिरोहमार्फत ‘वान एक्स बेट’बाट एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको तथ्य फेला परेको थियो । वान एक्स बेटमा धेरैको सम्लग्नता रहेको प्रहरीको आशँका छ ।