बिजय र शरिष्माको मयालाई…


ब्युटी न्युज नेपाल
काठमाडौं, १ असार

गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइली र गायिका गायिका प्रेमा पुर्जाको स्वर रहेको पन्चेबाजाको नयाँ गीत मयालाई…को भिडियो सार्वजनिक गरिएको छ । म्याग्दीमा जन्मे हुर्केका गायक रसाईली र संगीतकार समेत रहेकी गायिका प्रेमाको सहकार्यमा तयार सार्वजनिक गीतमा शब्द राजकुमार बगरको रहेको छ ।

भिडियोमा एरेन्ज गायक स्वयमकै रहेको छ भने मिक्सिगं तथा मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ। लगनको महिनालाई लक्षित गरेर म्याग्दी र बाग्लुङ्गमा प्रचलित भाका मयालाई बजारमा ल्याएसँगै राम्रो प्रतिक्रिया आइरहेको गायिका प्रेमा बताउँछिन् । सार्वजनिक भिडियोमा मोडलद्धय बिजय पुन र शरिष्मा मगरको रोमान्टिक नृत्य देख्न सकिन्छ।

छमछम नचाउने शैलिको भिडियोमा शरिष्मा र विजय गज्जबसँग खुलेर नाचेका छन्। यो गीतको भिडियोलाई निरन श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । सार्वजनिक गीतको निर्देशन पनि गायक स्वयमले नै गरेका हुन्। राम केसीको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन्। भिडियोको निर्माण गायिका तथा संगीतकार प्रेमा पुर्जाले गरेकी हुन् ।