आशिष र सुशीलाले ल्याए ओ हो नी…


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ जेठ

गायक आशिष अबिरल र गायिका सुशीला पाठकले युगल स्व्रमा नयाँ गीत ‘ओ हो नी…’को भिडियो पाठकमाझ ल्याएका छन् । यो गीतको भिडियो आशीष अविरलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतमा शिव हमालको शब्द र संगीत, आशीष अविरलको सहायक संगीत र आशीषकै मिक्सिङ, मास्टरिङ छ ।

भिडियोमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतिक गौतम फिचर्ड छन् । सिन्जु मगरको कोरियोग्राफी, सुप्रिम पराजुलीको कलर, विकास प्रसाईको सम्पादन, उत्सव दाहालको छायांकन र विकास प्रसाईको निर्देशनमा यो गीतको भिडियो तयार भएको हो ।