भदौ १४ बाट मुकुन र मेनुकाको ‘गणपति’


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० जेठ

रिजाल एण्ड रिजाल प्रोडक्सनका प्रमुख रामप्रसाद रिजालले सर्वाधिकार लिएसँगै ‘गणपति’ को प्रदर्शन मिति सार्वजनीक गरिएको हो । यही जेठको पहिलो साता रिलिज हुन नसकेको यो चलचित्र अब भदौ १४ गते प्रदर्शन हुने भएको छ ।

चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमीरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानालगायतले अभिनय गरेका छन् ।

सविन अधिकारीको लेखन र निर्देशनमा बनेको गणपतिकोे बितरण श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले गर्दैछन् । गणपति अत्यन्तै राम्रो भएकाले आफू यो चलचित्रमा जोडिएको प्रस्तुतकर्ता रामप्रसाद रिजालले जानकारी दिएका छन् । भगवान र मान्छेबीचको अन्तरसम्बन्ध र अन्तरको कथा भन्ने चलचित्रको फस्र्टलुकले दर्शकमाझ कौतुहलता पैदा गरिसकेको छ ।

‘बुलबुल’ र ‘झिंगेदाउ’ को सफलतापछि आफ्नो तेश्रो चलचित्र स्वरुप ‘गणपति’ दर्शकमाझ आउन लागेकोमा अभिनेता मुकुन निकै उत्साहीत छन् । उनले ‘गणपति’ आफ्नो लागि बिशेष भएको बताउदै आएका छन् ।

बिज्ञान केसी र अर्बिन्द्र गिरी कार्यकारी निर्माता रहेको चलचित्रको छायाँकन हरिबहादुर घलेले गरेका हुन् । अनिश अधिकारीको शब्द र संगीत रहेको चलचित्र तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको हो ।