चौथो लिटिल मिस एन्जलको उपाधि किन्जलले जितिन्


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ जेठ

लिटिल मिस एन्जलको चौथौं संस्करणको उपाधि विजडम स्कुलमा मा अध्ययनरत किन्जल नेपालले जितेकी छिन् । उनले उपाधिसँगै २५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् । काठमाडौंको नाचघरमा शनिबार सम्पन्न सो प्रतियोगितामा एलिक्शर स्कुलमा अध्ययनरत सम्पदा महतोले फस्ट रनरअपको उपाधि सहित १० हजार रुपैयाँ प्राप्त गरिन् । सोही प्रतियोगितामा यूलेन्स स्कूलका आध्या ढकाल सेकेन्ड रनरअप हुँदै १० हजार रुपैयाँ जित्न सफल भईन ।

कलश इभेन्टसद्वारा आयोजित सो प्रतियोगितामा ३५ जना प्रतियोगीहरु थिए । आई आई एफ टी स्कूल अफ फेसन एंड इन्टेरियर डिजाइनमा अध्यनरत फेसन डिजाइनका विद्यार्थीहरुले तयार परेका पोसाकमा सजिएर उनीहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।

सांस्कृतिक संस्थानका महानिर्दौशक अशोकप्यासी राइको प्रमुखआतिथ्यमा सम्पन्न सो प्रतियोगिताका निर्णयक मण्डलमा, यूरोकिड्स थापाथलीका प्रिन्सिपल रामेश्वर श्रेष्ठ, प्याब्सन काठमाडौंका कार्यकारी सदस्य मोहना खनाल, न्यू जेनिथ स्कुलका प्रिन्सिपल राजु महर्जन, अभिनेत्री नम्रता सापकोटा तथा आईआईएफटीकी कार्यकारी निर्देशक बिपना थापा थिए ।

वरिष्ठ नृत्य निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष संजय महर्जनले कार्यक्रमले प्रतियोगीहरु बीचआफूभित्र लुकेकाप्रतिभालाई प्रस्तुतगर्ने सनौलो अवसर मिलेको बताए ।