भ्यालेन्टाईनमा राजेशपायलको नयाँ भिडियो


काठमाडौं । चर्चित गायक राजेशपायल राईले नयाँ गीत तिमीलाई नसम्झिने त कुनै छिन छैन…को भिडियो ‘भ्यालेनटाइन–डे’ लक्षित गरेर सार्वजनिक गरेका छन् ।
बबी गुरुङको शब्दरचना तथा राजकुमार बगरको संगीत रहेको यस गीतको भिडियोमा सनम कठायत, खुसी र बुद्धिले अभिनय गरेका छन् ।


राधाकृष्ण आचार्यल निर्देशन गरेको यो भिडियो निकै मार्मिक बनेको छ । भिडियो प्रेम गर्ने प्रेमी–प्रेमिका लागि लक्षित गरिएको छ । भिडियोलाई रेशम दर्लामीले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।