लिम्बु संस्कृतिमा बनेको ’लुङा’ ५ साउनबाट रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ जेठ

चलचित्र ’लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । लिम्बु कल्चरमा बनेको चलचित्र श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । यो फिल्मलाई निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको हो । राई लिम्बु कल्चरलाई बिसेष महत्वका साथ उठाउन खककजिएको निर्देशक किरण राईले बताए । यो चलचित्र यसै साता सम्पन्न हुने दोश्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा प्रिमियर गरिनेछ।

पूर्वमा छायाँकन गरिएको चलचित्रमा बुद्धि तामाङ,भुवन सिंह राई,सारा लोहोरुङ राई,भिम शर्मा लिम्बू,प्रकाश दाहाल,अनुप लिङ्खिम,सुदिप जंग कार्की,गङ्गा बहादुर राई,सम्झना लिम्बू,रमेश बुढाथोकी,निशान लुइँटेल,स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ।
भुमिसा प्रोडक्सन संग इस्टन मिडियाको सहकार्य रहेको चलचित्र ’लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत,राजेश पायल राई,मेलिना राई,रचना रिमाल,आयुश प्रधान,निमा तामाङको गायन,सागर अर्यालको ध्वनि संयोजन,मिना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन, पृष्ठभुमि संगीत शैलेन्द्र बाबु प्रधानको,निर्माण नियन्त्रक प्रयास घिमिरे, कला निर्देशन –बिमल लिम्बू र निशान लुइँटेलको रहेको छ ।

भुवन सिंह राईले लेखेको कथालाइ भुवन सिंह राई,प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्बाद लेखेका हुन्। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। चलचित्रलाइ काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरणको जिम्मा लिएको छ ।