वरिष्ठ लोकगायक प्रेम राजा महतले ल्याए ‘घर हम्रा हुम्ला जुम्लामा’


ब्युटी न्युज नेपाल
काठमाडौं, २० जेठ

केही दिनको लागि नेपाल आएका वरिष्ठ लोकगायक प्रेम राजा महतको आफ्नो स्वरमा नयाँ गीत ‘घर हम्रा हुम्ला जुम्लामा’ को भिडियो सार्वजनिक गरेका छन् । उनले यो भिडियो आफ्नै च्यानलबाट सार्वजनिक गरेका हुन् । अमेरिकाको मेरिल्याण्ड र पेन्सेलभेनियाको महाबाणिज्यदुत रहनु भएका यी लोकगायकले नेपाल गएको बेला ‘घर हम्रा हुम्ला जुम्लामा…गीतको भिडियो तयार गरेका हुन् ।

शुक्रबार आफ्नै प्रेम राजा युट्युबमार्फत् यो गीतको भिडियो सार्वजनिक गर्नुभएको हो । आफ्नै शब्द र संगीतमा तयार भएको यो नयाँ गीतमा शान्तिश्री परियारको पनि स्वर रहेको छ। यो गीतको लागि जुम्लाका विकट पहाडी क्षेत्रमा छायांकन गरिएको थियो ।

यो गीतको भिडियोमा गायक महत र मोडल रीना थापा मगरले अभिनय गरेका छन् । प्रेम राजा महतको परिकल्पना र रामजी लामिछानेको कोरियोग्राफी एवम् निर्देशनमा तयार भएको यो भिडियोमा छायांकन मानकृष्ण महर्जनको, सम्पादनमा मिराज अर्याल र रङ्ग संयोजन राजेन्द्र मोक्तानको रहेको छ ।

घर हम्रा हुम्ला जुम्लामा नामक गीतका निर्माताहरुमा अशिस भण्डारी, सदीक्षा महत भण्डारी, गिर्वाणविक्रम भण्डारी र गौरिका भण्डारी हुनु हुन्छ ।