अन्तिम संस्कारण ट्रेलर रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ जेठ

चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा एक समारोहबचि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । यसको ट्रेलरमा चलचित्रका मुख्य पात्रहरु विजय लामा, दीया पुन,रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई,विशाल पहारी, कृष्णभक्त महर्जनको भूमिका प्रस्तुत छ ।

अभिनेता लामाले यो फिल्मको कथावस्तु नितान्त नयाँ रहेको बताए । कार्यक्रममा बोल्दै लामाले भने ‘यो चलचित्र हाम्रो आफ्नो कथा हो । नेपालीहरुको कथा हो । यसमा रहस्य पनि छ । यसमा परम्परा पनि छ । यसमा इमोशन पनि छ’ उनले भने, ‘एकदमै मेहनत गरेका छौं । दर्शकहरुले रुचाउनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’ निर्माता, निर्देशक र अभिनेताले समेत जोखिम मोलेर काम गरेको अनुभव उनले सुनाए ।

कार्यक्रममा बोल्दै अभिनेत्री दीयाले आफुले बिगतमा गरेको चरित्र भन्दा अन्तिम संस्कारमा निर्वाह गरेको चरित्र फरक रहेको जिकिर गरिन् ।

यो सिनेमाका निर्देशक प्रदीप शाहीले आफुले लामो समय लन्डन बस्दा सिकेको कुरालाई चलचित्रमा सक्दो उतार्ने कोशिश गरेको बताए। नेपालमा विदेशी फिल्मको वितरण गर्दै आएको कम्पनी एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई देशव्यापी वितरण गर्नेछ । यो फिल्म सामाजिक तथा सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । एक हत्या घटनाको रहस्यको वरपर कथा बुनिएको छ ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रलाई भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि ’को कथालाई चलचित्रमा समावेश गरिएको छ ।

चलचित्रमा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी,  कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग लामा, बिकाश अधिकारी, सरोज खालिङ्ग राइ, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्यलगाएतको अभिनय रहेको छ । बाबु श्रेष्ठको छायाँकन,रुपेश गुरुङको सम्पादन रहेको यस चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।