मिस मगर इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न

ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ जेठ

मिस मगर इन्टरनेशनलको पहिलो सीजनको चयन यही २७ जेठमा काठमाडौंमा हुने भएको छ । यो प्रतियोगिताको ट्यालेन्ट राउण्ड सम्पन्न गरिएको छ । सोमबार काठमाडौंमा आयोजीत कार्यक्रममा १२ प्रतियोगीतले आफू भित्र रहेको प्रतिभा देखाए । उनीहरुले नृत्य, अभिनय, गीत गायक, कविता तथा गजल बाचन लगायतका प्रतिभा देखाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय उपमहासचिव मगर महिला उद्यमी चन्द्रज्योती आले मगरले उत्कृष्ट १२ प्रतियोगीलाई शुभकामना दिइन् । उनले मिस मगर इन्टरनेशनलले मगर समुदायमा रहेका युवतीहरुको ब्यक्तित्व बिकाशमा ठुलो मद्धत गर्ने भन्दै प्रतियोगीहरुलाई शुभकामना दिइन् । साथै उनले यस्ता किसिमका प्रतियोगीता नियमित हुनुपर्नेमा जोड दिइन् । यस्तै बिशेष अतिथि नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष हिरु राना मगरले पनि मिस मगर इन्टरनेशनलको पहिलो सिजनमा सहभागी हुन आउने प्रतियोगीहरुलाई शुभकामना दिइन् ।

मिस मंगोल २०१२ की बिजेता सपना रोका मगरले सन्चालन गरेको कार्यक्रममा आयोजक संस्था सुनोगाभा नेपालका महासचिव नायक तथा गायक रमेश बाबु थापा मगरले स्वागत मन्तब्य राखेका थिए । उनले मिस मगर इन्टरनेशनलले मगर समुदायका युवतीहरुको ब्यक्तित्व बिकाश गर्ने बताए । उनी भन्छन्, हामी पहिलो सिजनमा छौं, तर प्रतियोगीहरुको सहभागीता देख्दा निकै खुसी लागेको छ । मगर समुदायमा रहेका युवतीहरुले आफ्नो ब्यक्तित्व बिकाश गर्नेमा ढुक्क छौं ।

निर्णय समितिका संयोजक राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान उपत्यका समितिको अध्यक्ष गायक तथा भिडियो निर्देशक अर्जुन थापा मगरले उत्कृष्ट १२ बिच फाइनल हुने जानकारी गराए । अर्जुनसँगै मगर फिल्म निर्देशक सन्तोष पिठाकोटे मगर, मिस मंगोल २०१९ को फस्ट रनरअप रेनुका पुन मगर निर्णायक रहेका थिए ।