पाँचौ पिम नेपाल फिल्म फेष्टिवलको फारम खुला

ब्युटी न्युज नेपाल
काठमाडौं, १५ जेठ

पिम नेपाल चलचित्र महोत्सव २०२२ को लागि आवेदन खुल्ला गरिएको छ । चलचित्र, बृत्तचित्र तथा लघुचलचित्र लगायतले विभिन्न विधामा आवेदन फारम भर्न सक्ने छन् । आवेदन दिने अन्तिम मिति २०८० को असार असार ७ गते सम्म रहेको आयोजक समितिको अध्यक्ष कमला जोशीले वताईन ।

यहि असार १३ देखी १५ गते सम्म काठमाडौमा आयोजना हुन गईरहेको पाँचौ संस्करणको फिल्म फेष्टिवलका आवेदन खुला गरिएको आयोजक समितिले बताएका छन् ।

नेपालमा बोलिने विभिन्न भाषामा बनेका चलचित्र, बृत्तचित्र र लघुचलचित्रले महोत्सवमा सहभागिता जनाउन पाउने भएका छन् । नेपाली चलचित्र, कला संस्कृति तथा पर्यटन प्रवद्र्धन तथा सम्वद्र्धनको गर्ने उदेश्यले सन् २०१८ देखी पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले यस महोत्सवको सुरुवात गरेको हो । हाल संस्थाले पाँचौ संस्करणको कार्यक्रमको आयोजना गर्न गईरहेको संस्थाका अध्यक्ष माधब राज खरेलले वताए ।

पिम नेपाल चलचित्र महोत्सवमा नेपाली चलचित्र एवं विभिन्न भाषाभाषीका चलचित्रहरुतर्फ निर्देशक, लेखक, नायक/नायिकाको लगायतको प्रतिष्प्रधा हुनेछ भने वृत्तचित्रतर्फ पर्यटन, मानवअधिकार, सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रतिष्प्रधा हुनेछ जसमा निर्देशक, लेखक ,स्वरांकन, छाँयांकार लगायतका रहनेछन् ।

त्यस्तै लघु चलचित्र तर्फ निर्देशक र नायक / नायिकाको प्रतिष्प्रधा हुने र विजेतालाई अवार्ड समेत प्रदान गरिने आयोजकले वताएको छ । कार्यक्रममा चलचित्र कलकार तथा श्रमिक संगठन, एरा प्रोडक्सन, राष्ट्रिय लोक सांस्कृतिक संघ, पावर न्यूज मासिक, नेशनल पावर न्यूज डट कम लगायतका विभिन्न संघ संस्थाहरुको संलग्नता रहने बताईएको छ ।