गीता खत्रीको प्रेम दिवस


काठमाडौं । साहित्यकार गीता खत्रीको कथामा लघु चलचित्र ‘प्रेम दिवस’ आएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)की पूर्व अध्यक्ष गीताले प्रेम दिवसको पूर्व सन्ध्यामा लघु चलचित्र ‘प्रेम दिवस’ ल्याएकी हुन् ।


‘प्रेम दिवस’मा श्याम घिमिरे, नम्रता योगी, निशा पाख्रिन, जे. एन. घिमिरेलगायतको अभिनय छ । संजय पाण्डेको निर्देशनमा तयार भएको ‘प्रेम दिवस’लाई राजेन्द्र पाण्डेले छायाँकन र सम्पादन गरेका हुन् ।
‘मायामा शंका हुन्छ स्वार्थ हुँदैन’ भन्ने प्रेमभावलाई समेटिएको यो लघु चलचित्र ‘प्रेम दिवस’मा राजु सिंहको सङ्गीत र स्वरुपराज आचार्यको स्वर रहेको छ ।