सिमराबाट देववाणीको छायाँकन सुरु

ब्युटी न्युज नेपाल
काठमाडौं, १२ जेठ

चलचित्र ‘देववाणी’को छायांकन गत बुधबारबाट सुरु भएको छ । बाराको सिमरामा फिल्मको क्लाइमक्स दृश्यबाट छायांकन सुरु गरिएको हो । निर्देशक बाबु साहेब बलामीको निर्देशनमा यो चलचित्र निर्माण भईरहेको छ ।

फिल्मको क्लाइमेक्सको एक्सन दृश्यमा श्री श्रेष्ठको द्वन्द्व छ । क्लाइमेक्स दृश्यमा कुन्दन भारद्वाज, रविन्द्र झा, सुनील थापा, मौसम पौडेल र अनुजा लेप्चा छन् ।

यो चलचित्रमा कुन्दन भारद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय छ । फिल्ममा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा बनिरहेको फिल्म सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा खिचिनेछ ।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण हुनेछ ।