ब्युटी न्युज नेपाल
काठमाडौं, ९ जेठ

बरिष्ट संगीतकार शम्भुजीत बासकोटाद्धारा निर्मित तथा संगीतबद्ध हास्यप्रधान चलचित्र ‘चौका दाउ’ ६ दिन अघि युट्युवमा रिलिज भएको थियो । यो चलचित्रलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । सिनेमा हलमा त्यतिबेला राम्रो व्यापार गर्न सफल यो चलचित्र पनि बिगत पाँच दिन देखि युट्युव नेपालको ट्रेन्डिङमा पहिलो नम्बरमा रहेको छ ।

यो चलचित्रमा अभिनेत्री वर्षा राउत, अभिनेता अजश्र ढुँगाना, बरिष्ट कलाकारहरु सन्तोष पन्त, तैयब शाह सहित चर्चित हास्य कलकारहरु रवीन्द्र झा, विलशन विक्रम राई, निर्मल शर्मा, सोनिका केसीसहितको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट बिहिबार सार्वजनिक गरिएको थियो । यो चलचित्र युट्युब ट्रेन्डिङमा शुक्रबारदेखि आजसम्म पनि पहिलो स्थानमा रहेको छ । रिलिज भएको ६ दिनसम्म लगातार ट्रेन्डिङमा चौका दाउले पहिलो स्थान ओगटीरहेको छ । राम्रो चलचित्र भएकै कारण यसले निरन्तर पहिलो स्थान पाईरहेको हो ।

यो चलचित्रको मायाँ कलाकारमा, राधा पियारीलगायतका गीतहरु निकै लोकप्रिय छन् । चौकादाउमा बरिष्ट संगीतकार शम्भुजित बासकोटाको कथा र संगीत, अभिमन्यु निरवीको पटकथा, सम्बाद, रोशन श्रेष्ठको द्वन्द्व, दीर्घ गुरुङको छायांकन, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य निर्देशन र मित्र डी. गुरुङको सम्पादन रहेको छ ।

यो चलचित्रमा युट्युव रिलिजको ६ दिनमा चलचित्रले ११ लाख ५० हजार भन्दा बढी भ्युज पाएको छ । चौका दाउमा समाजका विभिन्न समस्यालाई देखाईएको छ । मुलतमा ढल्कँदो उमेरसँगै छोरीको उमेरका युवतीहरु ताक्ने अधबैंशे पुरुषहरुको कथा यसमा प्रस्तुत छ ।