सुदुर पश्चिम समाज लेक्जिन्टन केन्टुकीमा नयाँ कार्यसमिति


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ जेठ

अमेरिकाको लेक्जिन्टन केन्टुकी राज्यको सहरमा बसोबास गर्दै आएका सुदुर पश्चिमेली परिवार आफ्नो मौलिक भाषा परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले ‘सुदुर पश्चिम समाज लेक्जिन्टन केन्टुकी’ स्थापना गरेका हुन् । यसै क्रममा शनिबार केन्टकीमा ‘सुदुर पश्चिम समाज लेक्जिन्टन केन्टुकी’को दोस्रो साधारण सभा सम्पन्न भएको छ । करिब १५० जनाको उपस्थितिमा आयोजित सुदुर पश्चिम समाज को दोस्रो साधारण सभा सम्पन्न भएको हो ।

उक्त सभामा उपस्थित सबैलाई स्वागत गर्दै समाजका उपाध्यक्ष चुडामणि अवस्थीले स्वागत मन्तब्य राखे । कार्यक्रममा उपस्थित मध्येका जेष्ट नागरिक रामचन्द्र जोशीले दियो बालेर सो कार्यक्रमको उद्घाटन गरेका थिए । सुदुर पश्चिम समाजका अध्यक्ष उद्दव राज उप्रेतीको अध्यक्षतामा सम्पन्न दोश्रो साधारण सभालाई समाजका सचिब मान बहादुर शाहले संचालन गरेका थिए । सो सभाले ‘सुदूर पश्चिम समाज गठन, संचालन र संरक्षण कार्यविधि २०२३’ लाई पारित गरेको छ । साधारण सभा भेलाले अर्को २ बर्षका लागि पुनः उद्धव राज उप्रेतीलाई निर्बिरोध रुपमा समाजको अध्यक्ष पदमा चयन गरेको छ ।

अध्यक्ष उद्दव राज उप्रेतीको अध्यक्षतामा सभाले दुई वर्षका लागि नयाँ कार्यसमित चयन गरेको हो  जसको उपाध्यक्षमा मानब शाह, महिला उपाध्यक्षमा बसन्ती बिष्ट, सचिवमा सुरेन्द्र सिंह ऐर, सह सचिवमा निरज शर्मा, कोषाध्यक्षमा सुजन सिंह ऐर चयन भएका छन् । यस्तै समाजको सदस्यहरुमा नारायण भट्ट, जगत तिरुवा, लोकेन्द्र कुँवर, संजिव मार्कन्ड, शोभा बुढा, अशोक परियार र अर्चना शाही चयन भएका छन् ।

यसैगरी समाजका सलाहकार समितिको संयोजकमा चुडामणि अवस्थी र सल्लाहकार सदस्यहरुमा रेखा जोशी र नरेन्द्र कलौनीलाई सभाले चयन गरेको छ । यस्तै युवा उपसमितिको संयोजकमा प्रकाश थापा तथा सदस्यहरुमा प्रयाग बिक, निर्मल गिरी, इन्द्रदेव भट्ट, बसन्ती जोशी र दिपेश कठायत चयन भएका छन् ।

सो सभाको अतिथिमा रामचन्द्र जोशी, भागरथी पन्त, डम्बर बहादुर खडका, अमर महर, केशब दत्त जोशी, ईश्वरी जोशी र गौरी देबी बिष्ट थिए । समाजले सुदूर पश्चिम समाजको दोस्रो साधारण सभाकोलागी सहयोग गर्ने पारश खडका, दिपेन्द्र कुँवर, प्रकास पाण्डेय, जनक जोशी, नरेन्द्र पन्त, धवल सिंह ठगुन्ना, दिवाकर भट्ट, चुडामणि अवस्थी, जनकराज उपाध्याय, दिर्घ जोशी, रमेश पाण्डे तथा उमेश भट्टलगायतलाई सभामा सम्मान गरियो ।

करिब ९० परिवार भन्दा बढी बसोबास गर्ने यस क्षेत्रमा सुदुर पश्चिम क्षेत्रमा मौलिक संस्कृति चाड पर्वहरु गौरा,विसु,देउसी भैलो, होलि रमाइलोका साथ मनाउदै आएको सो कार्यक्रममा जानकारी गराईइो । प्रत्येक २/२ बर्षमा नया कार्य समिति रहने ब्यबस्था अनुसार यो सभा आयोजना गरिएको अध्यक्ष उप्रेतीले बताए ।

सुदुर पश्चिम समाजका अध्यक्ष उद्धव राज उप्रेतिले बिगतमा भएका गतिबिधिका साथै अघिल्लो २ वर्षको कार्य बिबंरण पेश गरेका थिए । यस्तै कोषाध्यक्ष्य बिपिन पन्तले समाजको आय व्यय तथा जिन्सी विवरण प्रस्तुत गरे । अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन सो सभाले पास गरेको थियो ।