जँड्याहा श्रीमान सुधार्न चम्सुरीले ल्याईन नयाँ गीत तिमी जाने भट्टितिर


ब्युटी न्युज नेपाल
काठमाडौं २३ बैशाख

रक्सीको लतमा लागेर श्रीमतीलाई दुख दिने श्रीमानलाई तह लगाउन हास्यव्यँग्य अभिनेत्री पल्पसा डँगोल (चम्सुरी)ले आफ्नो स्वरमा नयाँ गीत ल्याएकी छिन्। उनले नयाँ गीत ‘तिमी जाने भट्टीतिर’ को भिडियो बजारमा ल्याएकी हुन् । मृगौला पत्यारोपन पछि टेली फिल्मको व्यस्त रहेकी यी कलाकार गायनमा पनि फर्किएकी छिन् ।

आफ्नो जन्म दिनको अबसर पारेर बुद्ध पूर्णिमाको अबसरमा पल्पसाले यो गीतको भिडियो दर्शकमाझ ल्याएकी हुन् । रक्सीको लतमा लागेका श्रीमानलाई सुधार्ने यो सन्देशमुलक गीत ल्याएको यी कलाकारले बताएकी छिन् । आफ्नो स्वर ठिकै भएपनि गीतबाट केही दिन सकिन्छकी भन्ने चाहनाले यो गीत जन्मेको पल्साले बताईन्,‘भाईले मृगौला दान गरेपछि बोनसमा पाएको यो जीवनमा धेरै भन्दा धेरैं काम गर्नुछ । त्यसैले जन्मदिनको अबसर पारेर यो नयाँ गीतबाट नयाँ कामको थालनी गरेकी हुँ ।’ कलाकार पल्पसाले बिमोचन समारोहमा भनिन् ।

उनको जन्म दिनको केक काट्दै काठमाडौंमा एक समारोहबीच बरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ, मुलरीधर, किरण केसीसहित दीपाश्री निरौला, आनन्द कार्की, केदार घिमिरे (माग्ने बुढा)लगायतले उनको यो गीतको बिमोचन गरेका छन् ।

बिमोचन पछि कलाकार मदनकृष्ण श्रेष्ठले त पल्पसालाई अहिलेको अबस्थामा देख्दा नयाँ काम गर्न आफुलाई अझ धेरै प्रेरणा मिल्ने गरेको बताए । समारोहमा सबैले पल्पसालाई जन्मदिनको शुभकामना दिँदै नयाँ जीवन पाएकोमा अझ धेरै प्रगति देख्न पाइयोस भने ।
उनले यो गीत आफ्नै अफिसियल युट्युव च्यानलबाट रिलिज गरेकी छिन् । जसमा पल्पसासँगै राजु भुजु, मञ्जु श्रेष्ठ, आरके मानन्धर, सुनिता श्रेष्ठ ठाकुरको अभिनय छ । दुर्गा पौडेलले खिचेको यो भिडियोलाई नविन घर्तिमगरले सम्पादन गरेका हुन् । रमेशराज भट्टराईको शब्द संगीत रहेको यो गीतको भिडियो पल्पसा आफैंले निर्देशन गरेकी हुन् ।