फेरी सिमसिमे पानीमाको अडियो भिडियो रिलिज

ब्युटी न्युज नेपाल
काठमाडौं, २३ बैशाख

तीन दशक अघि रेकर्ड भएको गीत सिमसिमे पानीमा…को नयाँ अडियो र भिडियो सार्वजनिक भएको छ । २०४९ सालमा गायिका रेखा शाहले आफ्नै रचना, सङ्गीत र स्वरमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत प्रतियोगितामा यो गीत गायर प्रथम स्थान हाँसिल गरेकी थिईन् । त्यसपछि यस गीतले छुट्टै चर्चा मात्रै पाएन, नेपाली जनजनको प्रिय गीत बन्न सफल भयो । सो गीत रेकर्ड भएको ३ दशकको अवसर पारेर गायिका शाहले नयाँ अडियो र भिडियो सार्वजनिक गरेकी हुन् ।

मुम्बईमा रेकर्ड गरिएको नयाँ अडियोमा रिकेश गुरुङ ुकिुको सङ्गीत संयोजन र उत्पादन रहेको छ भने भारतीय वाधवादकहरूको वादन रहेको छ । भारतीय सिनेमाका चर्चित गीतहरूको रेकर्डिङ र ध्वनि मुद्रण गर्ने विजय दयालले सिमसिमे पानीलाई नयाँ स्वरूपमा उतारेका छन् । गीतबारे गायिका शाह भन्छिन्, ूआधुनिक प्रविधि र सुविधा सम्पन्न रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्ने सपना थियो, त्यो सपना मेरो जीवनको परिचायक गीतबाट पूरा गर्न पाएँ । यसले मलाई थप हौसला प्रदान गरेको छ ।

सिमसिमे पानीमाको लयलाई सहनाईले ध्वनिमा उतारेको गीतले स्रोतालाई नयाँ स्वाद दिनेमा गायिका शाह विश्वस्त छिन् ।

सो गीतका दुईवटा म्युजिक भिडियो पनि एकैसाथ सार्वजनिक गरिएको छ । गीतलाई कथानकसँग बुनेर बनाइएको भिडियोमा गायिका शाहले अभिनेता महेश त्रिपाठीसँग अभिनय गरेकी छिन् । रुपेश थापाको छायाङ्कन र निर्देशन रहेको सो गीतमा मिलन विश्वकर्माको सम्पादन रहेको छ । नेपाली कलाकारिता क्षेत्रको एउटा कथालाई सो भिडियोमा प्रस्तुत गरिएको छ ।

त्यस्तै, सोही गीतको स्टुडियो भर्सनको भिडियो पनि सार्वजनिक गरिएको छ । गीतमा प्रयोग भएका वाधवादकहरूलाई दृश्यमा उतारिएको छ, जहाँ गायिका शाहले आकर्षक डिजाइनको स्टुडियोमा लाइभ गीत गाइरहेकी छिन् । यस भिडियोको छायाङ्कन र निर्देशन पनि रुपेश थापाले गरेका हुन् । सम्पादन मिलन विश्वकर्माकै रहेको छ ।

विदेशीले समेत गाउने र धेरै स्वदेशीरविदेशी वाधवादकले वाधधुनमा उतारेको सिमसिमे पानीमा राष्ट्रकै लोकसङ्गीतको परिचायक गीत र सम्पत्ति हो ।

रेखा शाह फाउन्डेसनको प्रस्तुतिमा रेखा शाह नामक आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएका भिडियोले दर्शक(स्रोतामा साङ्गीतिक ऊर्जा थप्ने विश्वास गायिका शाहको छ ।