चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ बैशाख

चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका प्रमुख पात्रहरु सबैलाई समेटिएको छ । एक मिनेटको टिजरमा चलचित्रमा भएको सस्प्नेस,थ्रिलर,इमोसनलाई देखाउन खोजिएको छ।

आगामी असार ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । प्रदीपकै लेखन रहेको यो चलचित्र प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्यमा निर्माण भएको हो ।

चलचित्रमा विजय लामा, दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, धर्मानन्द आचार्य,सुरज खालिङ,विकास अधिकारी लगायतको अभिनय छ । बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको समपदन रहेको चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् । चलचित्रलाइ एप्पल इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ।

अन्तिम संस्कारमा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो ।