चलचित्र सानीमायाको मुहुर्त


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ बैशाख

नेपाली चलचित्र ‘सानीमाया’को काठमाडौंमा एक समारोहबीच बुधबार बिहान शुभमुर्हत नेपाल चलचित्र विकास वोडका पुर्व अध्यक्ष राजकुमार राईले शुभ मुहुर्त गरेका छन ।

इन्टरटेनमेन्ट प्रा.लिको प्रस्तुति तथा धिमाल फिल्मस् को निर्माणमा बन्न लागेको यो फिल्मको शुभ मुर्हत कार्यक्रम बोल्दै राईले चलचित्र बनाउनु ठुलो कुरा नभएको तर राम्रो चलचित्र बनाउनु चुनौतीपूर्ण रहेको बताए । नेपाली चलचित्रको अवस्था नाजुक बन्दै गएको अवस्थामा सानीमाया फिल्मले चलचित्र क्षेत्रमा एक ईट्टा थप्ने विश्वास ब्यक्त गरे ।

मुहुर्त समारोहमा बोल्दै फिल्मका लेखक एवम् निर्देशक देव धिमालले फिल्ममा धेरै कलाकारहरु नयाँ अनुहार भएको र नयाँ अनुहारले पनि गर्न सक्छन् भन्ने उदाहरण यो सानीमाया चलचित्र बाट देखिने कुरामा विश्वास ब्यक्त गरे । उनले अगाडि भने ,‘नयाँ बाटै पुरानो हुने हो ,यसकारण यस फिल्ममा पुराना र नयाँ कलाकारहरुको संयोजनले चलचित्र सफल हुने विश्ववास लिएको छु ।’

राज चौधरी निर्माता रहेको यस चलचित्रमा रामचन्द्र अधिकारी ,शारदा गिरि ,सावित्रा चिलवाल, राजकुमार शाह ,अर्जुन थापा ,स्वेच्छा ढकाल, प्रियंका श्रेष्ठ, अभिषेक फुयाल,कृष्णप्रसाद धिताल लगायत कलाकारको अभिनय रहेको छ । चलचित्र सानमिाया जेष्ठको दोस्रो हप्ता बाट शुटिङ हुने निर्माण पक्षले जनाएको छ । ओ. यस. आर. डिजिटल यस चलचित्रको डिजिटल पार्ट्नर रहेको छ । शुभ मुर्हत कार्यक्रममा चलचित्र कलाकार सघंका अध्यक्ष वरिष्ठ कलाकार मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनक दिप पराजुली, ओ.एस.आर. डिजिटलका प्रोप्राइटर ओम प्रकाश अग्रवाल, चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठ, लगायतले चलचित्रको सफलताको कामना गरे ।