पेम्बाको पहिलो सँगीतिक कोशेली बैमानी


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ बैशाख

गायक पेम्बा लामाले आफ्नो स्वरमा नयाँ गीत बैमानी…श्रोतामाझ ल्याएका छन् । यस गीतमा दिपक विश्वकर्माको संगीत र उदय सागरको रचना रहेको छ । बुधबार सार्वजनिक भएको यस गीतमा गोपाल रसाईलिको एरेन्ज रहेको छ ।

संगीतकार दिपक विश्वकर्माले पेम्बाको गायनको चर्चा गर्दै भने, ‘त्यस्तै गायक पेम्बा लामा पनि कोरिएयाम बसोबास गर्ने र नेपाल तमाङ्ग घेदुङ्ग संघ कोरियाका सल्लाहाकार पनि हुन्। गीत संगीतमा सानै देखि रुचि राख्ने उनि कोरिया बसेर गीत संगीतको साधना पनि लिइरहेका छन र उनको स्वर निकै माधुर्य छ ।’

यो गीतबारे गायक पेम्बाले भने, ‘यो मेरो पहिलो गीत हो म निरन्तर नेपाली गीत संगीतमा लागि पर्छु , एउटा गीत गरेर गायकको परिचय बनाएर म भाग्ने मान्छे हैन, म हिजो थिएँ, आज नि छु र भोलि पनि यहि नेपाली गीत संगीतको क्षेत्रमा नै रहिरहने छु ।’

लोकपप शैलीको यो गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल कविता नेपालीको नृत्य प्रधान अभिनय छ । भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

यो भिडियोलाई अहिले निकै व्यस्त रहेको भिडियो निर्देशक केशवराज भट्टले निर्देशन गरेका हुन् । गीतको भिडियोमा बुद्ध थापाको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ । भिडियोमा संचार्कर्मी सन्तोष बस्ताकोटी, हेन्सल लामा र सुदर्शन पन्तले पनि अभिनय गरेका छन् । यस गीतमा पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानि रहेको छ ।