मनोजका शब्द र महेशको संगीतमा प्रविणको मलाई भन्थे सबैले…सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ बैशाख

गायक प्रविण बेडवालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । कवि मनोज सुवेदीको शब्द रचना, महेश खड्काको संगीत र बेडवालको स्वरमा ’मलाई भन्थे सबैले…’ गीत सार्वजनिक भएको हो ।

यस गीतमा साँचो प्रेम कुल्चेर गएपछि एक प्रेमीले व्यक्त गरेका भावना पाइन्छ । आफ्ना कवितामा प्रेमिल शब्दहरु लेख्न रुचाउने सुवेदीले गीत मार्फत कसैसँग प्रेम हुनु नै भुल भएको बताएका छन् । इन्टरनेटमार्फत गीत रिलिज गर्दै गीतकार सुवेदीले आफ्ना शब्दहरुमा महेश खड्काको संगीत र प्रविण बेडवालको स्वरले प्राण भरेको बताए ।

गीतको स्टुडियो भर्सन भिडियो रिलिज गरिएको हो । भिडियोमा गायक बेडवाल र गीतकार सुवेदी देखिएका छन् । भिडियोको निर्देशन पुजा ठकुरीले गरेकी छन् भने मुकेश हुमागाईंको छायांकन र बिनोद बमको सम्पादन रहेको छ। महाराज थापाले एरेन्ज गरेका छन् भने रमेश सेन्चुरीले अडियो मिक्सिङ्ग गरेका छन् ।