ब्युटी न्युज नेपाल
काठमाडौं, ११ बैशाख
चलचित्र ‘सतीदेवी’ को सोमबार काठमाडौं भद्रकालीमा शुभ मुहर्त गरिएको छ । पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीले यो चलचित्रलाई निर्देशन गर्दैछन् । शुभ मुहर्त संगै चलचित्रको छायाँकन आजैबाट सुरु भएको छ ।
दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण हुने यो चलचित्रमा मलिका महत, रमेश बुढाथोकी, भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीप बाबु लोहनी,सृजना अधिकारी,मनिषा सापकोटा,सुजिता शिवाकोटी,इभन जोशी,विमल श्रेष्ठ,दिपा मगर,तुलसी प्रसाद श्रेष्ठ बाल कलाकार हर्षिका ओली,मंजिला बानियाँको अभिनय रहनेछ ।
महिला प्रधान चलचित्रमा दीपक शर्मा र सुभाष भुषालको संगीत, बाबु श्रेष्ठको छायाँकन, देव महर्जनको द्वन्द निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।