ब्युटी न्युज नेपाल
काठमाडौं, ६ बैशाख
चलचित्र ‘पासाङ ःइन द स्याडो अफ एभरेष्ट’ को बुधबार काठमाडौंमा प्रिमियर शो गरिएको छ । प्रिमियरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतका व्यक्ति सहभागी थिए । उनीहरुले चलचित्रको खुलेर प्रसँसा गरे ।
राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही शेर्पाको यथार्थतामा आधारित रहेर अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशक बढी समय मेहनत गरेर चलचित्र तयार पार्नुभएको फाउन्डेशनका अध्यक्ष दावा फुटी शेर्पाले जानकारी दिईन् ।
यो चलचित्रको प्रदर्शन वैशाख १० गतेदेखि देशभरका क्युएफएक्सअन्तर्गतका चलचित्र भवनमा हुने बुधबार प्रिमियरसँगै आयोजित पत्रकार सम्मेलनमा पासाङ ल्हामु फाउन्डेशनका तर्फबाट जानकारी दिएको छ ।
यो चलचित्र जम्मा ७२ मिनेट लामो छ । सन् २०२२ मार्चमा सान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियरमा भएको चलचित्रलाई तीसौँ पासाङ ल्हामु दिवसको अवसर पारेर प्रदर्शन गर्न लागिएको सो फाउन्डेशनका अध्यक्ष शेर्पाले बताए ।
नेपाली समाजमा एक आदिवासी महिलाले अघि बढ्न गरेको सङ्घर्ष, यसको अवरोध र समाजदेखि परिवारसम्मको सहयोगलगायतका विषय जोडेर समाजलाई रुपान्तरण गर्ने सन्देश चलचित्रले दिने उनले बताए ।