फस्ट लुक्समा नम्बरी सुन


ब्युटी न्युज नेपाल
काठमाडौं, २ बैशाख

नयाँ बर्षको अवसर पारेर चलचित्र नम्बरी सुनको शुक्रबार फस्टलुकको रुपमा पोस्टर सार्वजनिक गरेको छ । राजु गिरीको निर्देशन रहेको यो सिनेमामा दुई मुख्य पात्रको रुपमा गौरव पहारी र नम्रता सापकोटाले अभिनय गरेका छन् । सिनेमाले आफ्नु रिलिज मिति पनि तय गरेको छ । यो चलचित्र आगामी १ भदौबाट देशव्यापी रिलिज गर्ने निर्माण पक्षले जनाएको छ ।

नारायण खातीको कथा तथा प्रस्तुति रहेको नम्बरी सुनमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमा सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण गरेका हुन् ।
नम्बरी सुनमा राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर रहेको छ ।

यसमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ ।

बिनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन जिवन गौतमको मुख्य सहायक निर्देशन रहेको यो चलचित्रलाई काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र काठमाडौं उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।