बुलाकीबाट चम्किँदै नरेन


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० चैत

शुक्रवारबाट चलचित्र ‘बुलाकी’ रिलिज भएको छ । यो चलचित्रमा मुख्य भूमिकामा छन् । आफ्नो डेब्यू सिनेमा ‘हमेशा’ रिलिज भएको लामो समयपछि अभिनेता खड्का ‘बुलाकी’ मार्फत एउटा शसक्त भूमिकामा दर्शकमाझ आएका छन् ।

‘हमेशा’ मार्फत डेब्यू गरेपछि अभिनेता खडका्ले विभिन्न नेपाली सिनेमाका साथै केही भोजपुरी सिनेमामा समेत अभिनय गरे । यद्यपि, राम्रो कथावस्तु छनोट गर्न नसक्दा उनी दर्शकको नजरमा पर्नै सकेनन् ।

यद्यपि, नयाँ सिनेमा ‘बुलाकी’ मा आफू सशक्त भूमिकामा प्रस्तुत भएकाले दर्शकको नजरमा पर्ने तथा उनीहरुको मन जित्ने कुरामा समेत अभिनेता खड्का आशावादी देखिएका छन् ।

नेपाली सिनेमा निर्माण गर्ने ठूला ब्यानर तथा निर्माता–निर्देशकको साथ नपाउँदा ओझेलमा परेका झैँ देखिएका अभिनेता खड्काको अभिनय गर्ने क्षमता तथा प्रतिभामा भने खोट लगाउन ठाउँ नदेखिएको उनीसंग काम गरेका सिनेमाकर्मी बताउँछन् ।

अभिनय क्षमता भएर पनि अभिनेता खड्काले काम गरेका सिनेमाहरुले दर्शकको साथ नपाउनु तथा उनले छनोट गरेका कतिपय सिनेमा नै गलत पर्नु पनि उनको कामको मूल्यांकन हुन नसकेको अर्को उदाहरण हो ।

यसपटक उनी ‘बुलाकी’ मार्फत दर्शकको साथ, समर्थन तथा माया पाउने कुरामा ढुक्क देखिन्छन्, संग–संगै आशावादी पनि छन् । ‘कतिपय अवस्थामा मेरो पनि आफ्नै कमजोरी छ । मैले केही प्रोजेक्टहरूमा आफूलाई हेलचेक्र्याई पनि गरेँ । तर, बुलाकीबाट दर्शकले मलाई र मेरो अभिनयलाई पहिचान गर्नुहुन्छ भन्ने अपेक्षा छ, उनी भन्छन् ।

‘बुलाकी’ मा अभिनेता खड्काले कर्णाली प्रदेशको एक साधारण युवक चन्द्रयाको भूमिका निवार्ह गरेका छन्, जो विवाहित छन् । विवाह गरेको लामो समयसम्म पनि निःसन्तान भएका कारण श्रीमतीसँग सम्बन्ध राम्रो छैन । खेती–किसानी गरेर आमा र श्रीमतीको खर्च जोहो गरिरहेका छन् । पछि उनकी पत्नी अरुसँग गएपछि उनले जारीको लागि गरेको सँघर्षको कथा यो फिल्ममा छ ।