बुलाकीको ट्रेलरमा कर्णालीको जारी कथा


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ चैत

कर्णाली प्रदेशको मौलिक कथाबस्तु बोकेको लक्ष्मण सुनार निर्देशित चलचित्र बुलाकी आगामी १ बैशाखबाट रिलिज हुँदैछ । यो चलचित्रको बिहिबार काठमाडौंमा एक समारोहबीच फिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

सिनेमाकी मुख्य अभिनेत्री सुरक्षा पन्त, अभिनेता नरेन खड्का र डेव्यु अभिनेता बिराज बिष्टलाई केन्द्रमा राखेर तयार पारिएको ट्रेलरमा कर्णली प्रदेशमा प्रचलित जारी प्रथाको कथा समेटिएको छ । पति भारत जाँदा घरमा रहेकी पत्नी अरुसँग भाग्ने घटनाहरु धेरै हुँने गरेको कर्णालीको त्यही घटनालाई यो फिल्मको ट्रेलरमा देख्न पाईन्छ ।

यो चलचित्रको ट्रेलरले दर्शक मन जित्ने देखिन्छ । कर्णाली प्रदेशमा बोलिने खस भाषालाई सिनेमामा संवादको रुपमा प्रयोग गरिएको छ । टोपेन्द्र विष्टले निर्माण गरेको सिनेमा आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने छ ।

सिनेमा ुबुलाकीुमा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ । रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले ुबुलाकीुबाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व।मोति बिष्टको प्रस्तुति रहेको सिनेमा शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ । डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको बैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमाको बितरण त्रिनेत्रन् र एफडी गर्दैछन् ।