नरेशको तिम्रै हुन पाममा सुसान्त र प्रियनाको प्रेम


ब्युटी न्युज नेपाल
काठमाडौ, १४ चैत

गायक तथा संगीतकार नरेश खातीले आफ्नो नयाँ गीत ’तिम्रै हुन पाम…’को भिडियो सार्वजनिक गरेका छन् । यो गीतमा नरेशलाई गायिका ममता गुरुङले गायनमा साथ दिएकी छिन् । गीतमा नरेशकै शब्द तथा संगीत रहेको छ । संगीत संयोजनको काम बिशाल निरौलाले गरेका छन् ।

यस अघि नरेशको हिट भएको गीत मायाँ मारेरकै….फ्लेवरमा यो गीत तयार गरिएको छ । यो गीत पनि श्रोताको रोजाईमा पर्ने देखिन्छ ।

यो गीतको भिडिओ मेक्सम नरेश अफिसियल युट्युव च्यानलमा सार्वजनिक गरिएको छ । यो गीतको भिडियोलाई निकै सुन्दर लोकेशनमा छायाँकन गरिएको छ ।

यो गीतको भिडिओमा अभिनेता सुशान्त कार्की र अभिनेत्री प्रियना आचार्यले अभिनय गरेका छन् । अभिनेता सुशान्त चारबर्ष पछि अस्ट्रेलियाबाट फर्किएका हुन् । नेपालको बसाईमा उनले यो गीतको भिडियोमा अभिनय गरेका हुन् ।

प्रियना भने सानो पर्दाकी अभिनेत्री हुन्। उनले हास्य टेलिश्रृंखला सक्किगोनीमा मुन्नीको उपनामले अभिनय गर्दै आएकी छिन् ।