भिडियोमा नरहरि प्रेमी र प्रज्ञा अधिकारीको तिमीलाई हेरेर


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ चैत

गायक तथा संगीतकार नरहरि प्रेमीले आफ्नो स्वरमा नयाँ गीत तिमीलाई हेरेर…को भिडियो बजारमा ल्याएका छन्। उनले यो गीतको भिडियोमा अभिनय पनि आफैंले गरेका छन् । यो गीतमा नरहरिलाई स्वरमा प्रज्ञा अधिकारीले साथ दिएकी छिन् ।

यो गीतको शब्द पुष्पा पौडेलले लेखेकी हुन् । जसमा संगीत पनि गायक नरहरि स्वयमको रहेको छ । जसमा सञ्जय हमालले संगीत संयोजन गरेको गीतको मिक्सिङ र मास्टरिङ गोविन्द सोनीले गरेका छन् ।

राजकुमारको निर्देशन र सम्पादन रहेको भिडियोको छायाँकन उत्सव दाहालले गरेका छन् । राजकुमार दर्जीको कोरियोग्राफीमा गायक तथा गायिकाले नै अभिनय गरेका छन् ।