ललितकला प्रज्ञा प्रतिष्ठानद्धारा अवधारणा पत्र सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ चैत

नेपाली कलाको विकासको लागि स्थापित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा हालै नयाँ पदाधिकारी नियुक्त भएका छन् । उनीहरुले आगामी ४ वर्षसम्मका लागि आफ्नो अबधारण पत्रलाई योजनाका रुपमा पहिलो पटक सार्वजनिक गरेका छन् ।

प्रतिष्ठानका कुलपति नारदमुनी हार्तमछाली, उपकुलपति लालकाजी लामा, सदस्यसचिब देवेन्द्र थुम्केलीले आईतबार प्रतिष्ठानमा पत्रकार भेटघाट आयोजना गर्दै प्रतिष्ठानको आगामी योजना सार्वजनिक गरेका हुन् । यो योजनाहरु अल्पकालिन र दीर्घकादिन गरी दुई समयावधिका लागि सार्वजनिक गरिएको सदस्य सचिब थुम्केलीले कार्यक्रममा प्रकाश पारे । सञ्चारकर्मी समक्ष यो परिषद पदाधिकारीद्धारा सार्वजनिक गरिएको योजनाहरु यस प्रकारका छन् ।

– गणतन्त्र दिवसको दिन(जेठ १५ गते) राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० गर्ने ।
– रेनोभेसन/कन्जर्भेसन प्रशिक्षण गर्ने ।
–  राष्ट्रिय ललितकला सम्मेलन गर्ने ।
–  देशव्यापी नेपाली कला र कलाकारको सर्भेक्षण गर्ने ।
–  खोज अनुसन्धान कामलाई तीब्रता दिने ।
– जर्नल/पत्रिका/पुस्तक प्रकाशन ।
– विद्वतवृति प्रदान ।
– सगरमाथा/काठमाडौं कन्टेम्पोरेरी आर्ट समिट गर्ने ।
– प्रादेशिक प्रदर्शनी गर्दै राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने(प्रदेश सरकारसँग समन्वय गर्दै) ।
– वृतचित्र निर्माण – (नेपाली कला र दिग्गज कलाकारको)
– हस्तकला ÷लोककला÷परम्परागत कला महोत्सव गर्ने ।
– सातै प्रदेशमा एक–एकवटा कलाको हव÷केन्द्र बनाउने ।
– नियमित कलासम्बन्धी प्रशिक्षण÷कार्यशाला÷गोष्ठी÷अन्र्तक्रिया सञ्चालन गर्ने ।
– सङ्ग्रहालय (समसामयिक÷लोक÷हस्त÷परम्परागत कला) (लक्ष्य सातै प्रदेशमा पनि संग्रहालय बनाउन पहल गर्ने)
– सातै प्रदेशमा क्रमश ललितकलाको प्राज्ञिक सम्पर्क शाखाहरु खुल्दै जाने ।
– अन्य प्रज्ञा–प्रतिष्ठान, विश्वविद्यालय तथा सरोकारी संघ संस्थासँग मिलेर नेपाली कला र संस्कृतिको व्यापक बहस गर्दै सैद्घान्तिकरण गर्ने ।
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कला प्रदर्शनी कार्यशाला तथा गोष्ठी गर्ने ।
– कलाग्र्र्राम निर्माण गर्ने लक्ष्य ः
– मूर्ति उद्यान निर्माणका निम्ति पहल गर्ने ।
– कलालेखनवृति प्रदान गर्ने ।
– कलाकार कल्याण कोष बनाउने ।
– कलाकार परिचय–पत्र व्यवस्थित गरी वितरण गर्ने ।
– कला र संस्कृतिसँग सम्बन्धित विभिन्न प्रज्ञा–प्रतिष्ठानहरु, निकाय तथा संस्थासँग समन्वय गर्ने । (विश्वविद्यालय, पुरातत्व विभाग, संग्रहालय, आदि )
– प्रदेश तथा पालिका सरकारसँग समन्वय गर्दै स्थानीय(रैथाने) कला र संस्कृतिको प्रवद्र्घन, संवद्र्घन, संरक्षण तथा विकासका निम्ति पहल गर्ने ।
– कलालाई पर्यटनसँग जोड्दै आर्थिक उपार्जन तथा कला प्रचार प्रसार गर्ने कार्यक्रम बनाउने ।
– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कार्यक्षेत्रलाई मध्येनजर गरी नीतिगत कमिकमजोरीलाई सुधार गरी ललितकला क्षेत्रको विकासको निम्ति आवश्यक नीति निर्माण गर्न पहल गर्ने ।
– ललितकलालाई आर्थिक उपार्जनसँग जोडेर रोजगारी सिर्जना गर्नको निम्ति नीति निर्माण गर्न पहल गर्ने ।
– ललितकलासँग सम्बन्धित सामग्री/कच्चा पदार्थमा देखिएको कानुनी झन्झट हटाउन नीतिगत सुधारका निम्ति पहल गर्ने ।
– भन्सारसँग सम्बन्धित झन्झट सहज बनाउन नीतिगत सुधारका निम्ति पहल गर्ने ।
– प्रतिष्ठान कार्यक्षेत्रलाई मध्येनजर गरी नीतिगत कमीकमजोरीलाई सुधार गरी समग्र ललितकला क्षेत्रको विकासका निम्ति समसामयिक आवश्यक नीति निर्माण गर्न पहल गर्ने ।
– कतिपय अल्पकालीन तथा आवधिक दीर्घकालीन कार्ययोजनालाई नीतिगत रुपमा सम्बोधन गरी गुरुयोजना मार्फत तिनलाई नियमित रुपमा सञ्चालन गर्न सहज प्रावधान बनाउने ।
– संघ/प्रदेश/पालिकालाई ललितकला क्षेत्रको विकास, प्रवद्र्घन, तथा संरक्षणका लागि गठित कला प्रतिष्ठानहरुलाई अभिप्रेरित गर्न विधागत नीति निर्माणमा सहजीकरण गर्ने ।
– पुरातत्व/अभिलेखालय आदिसँग समन्वय गरी कला संरक्षणका कामहरु गर्न नीतिगत रुपमै सुधार गर्न पहल गर्ने ।
– ललितकलालाई अन्य क्षेत्रसँग जोड्दै आर्थिक उन्नतिमा लैजान नीतिगत सम्बोधनका निम्ति सरकारसँग पहल गर्ने ।
– नेपालमा परम्परागत चित्र÷मूर्तिकला लोककला÷हस्तकलाको प्रवद्र्घनात्मक कार्य गरी रोजगारी तथा आर्थिक उन्नतिका लागि सहज वातावरण बनाउन सरकारसँग पहल गरी नीति निर्माण गर्ने ।
– ललितकला विषय जुन सीपमूलक कार्य हो यस सम्बन्धी पाठ्यक्रममा निर्माण गरी रोजगारी सिर्जना तथा मौलिकताको संरक्षणमा जोड् दिने नीति निर्माणका लागि पहल गर्ने ।