मिस एन्ड मिसेस ब्युटिफुलको उपाधि बिजेता सुदिक्षा र उषा


ब्युटी न्युज नेपाल
काठमाडौं, १० चैत

यस वर्षको एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३ अन्तर्गत मिस ब्युटिफुलको उपाधि काठमाडौंकी सुदिक्षा बज्राचार्य जितेकी छिन् । मिस ब्युटिफुल सहित वज्राचार्यले मस्ट पंक्च्यूल तथा मस्ट ट्यालेन्ट टाईटल समेत जित्न सफल भईन । यस्तै मिसेस ब्युटिफुल २०२३ को उपाधि पर्वतकी उषा हमालले हाँसिल गरिन् । हमालले मस्ट पपुलर र वेष्ट पर्सनालिटी सहित उपाधी जित्न सफल भईन ।

दक्ष ईन्टरनेशनलको आयोजनामा काठमाडौंको नाचघरमा यो प्रतियोगिता पूर्व मन्त्री जिवन राम श्रेष्ठको प्रमुख आतिथ्यता तथा पूर्व मन्त्री भगवती चौधरीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा अन्य टाईटल जित्नेमा मिस तर्फ सन्तोषी रावल फस्ट रनर अप सहित मस्ट पपुलर तथा वेष्ट हेयर, विष्णु गुरुङ सेकेण्ड रनर अप सहित वेष्ट डान्सर, आर्जू खड्का थर्ड रनर अप तथा वेष्ट स्किन घोषित भए । यसैगरी माया बुढाथोकी भ्यूवर च्वाईस तथा वेष्ट स्माईल,सृष्टि ढकाल वेष्ट पर्सानिलीटी तथा वेष्ट र्याम्प वाक,ज्योती गिरी वेष्ट मल्टिमिडिया च्वाईस अवार्ड तथा वेष्ट स्पिच ,विपना भट्राई वेष्ट फोटोजेनिक,समिक्षा राई मस्ट डिसिप्लिन रहेका थिए ।

सोही प्रतियोगितामा मिसेस तर्फ अन्य उपाधी पाउनेमा फस्ट रनर अप तथा मस्ट पंक्च्युयल सुनिता पहाँगो लिम्बु, सेकेण्ड रनर अप तथा मस्ट पपुलर,वेष्ट र्याम्प वाक र मल्टिमिडिया च्वाईस माया लामा , भ्यूवर च्वाईस र वेष्ट स्किन विद्या श्रेष्ठ, मस्ट फोटोजेनिक वेष्ट मेकअप नुमा शेर्पा, मस्ट ट्यालेन्ट अनुराधा पाठक घोषित भएइ ।

मिडिया उधमी हरि शरण सुवेदी, अभिनेता रमेश उप्रेती, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महाप्रबन्धक राजकुमार क्षत्री, गायिका जुनु रिजाल, डा.श्याम महर्जन, शिक्षाविद् छविलाल पाण्डे र ईभेन्ट डाईरेक्टर निशुकान्त झा सो प्रतियोगिताको निर्णायक थिए ।

आश्विनी झाले संचालन गरेको कार्यक्रमलाई प्रतियोगीहरुको कोरियोग्राफी समेत झाले नै गरेका थिए । काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा प्रतियोगीहरुको डेस डिजाईन प्याजेन्ट नेपालले गरेको थियो । गीता उप्रेतीको व्यबस्थापनमा सम्पन्न कार्यक्रममा नेपालका ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको थियो ।

प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागि हुन पाउने आयोजक तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए । कार्यक्रमलाई मुख्य प्रायोजन गरेको एन प्लस प्रोफेसनलले उपाधी विजेता तथा टाईटल विजेतालाई विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरेको थियो ।