नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला, नर्याँ कार्यसमिति निर्वाचित


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ चैत

नेपाल चलचित्र कलाकार संघले नयाँ नेतृत्व पाएको छ । शनिबार काठमाडौंमा सम्प्न्न संघको १९ औं साधारण सभामा भएको निर्वाचनमा संघको अध्यक्ष पदमा कलाकार मोहन निरौला बिजयीइ भएका छन् । निर्वाचनमा कूल खसेको ४ सय ६८ मतबाट अध्यक्षमा विजयी मोहनको पक्षमा २३५ मत खस्दा रेजिनाले २०९ मत प्राप्त गरिन् । त्यस्तै संघको बरिष्ट उपाध्यक्षमा कविता गेलाल विजयी भएकी छन भने उपाध्यक्षमा शिवहरि नेपाल बैरागी विजयी भएका छन् ।

यसैगरी, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवालले विजयी भएका छन् । संघको सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध चयन भएकी छिन् । यसैगरी कलाकार संघको सदस्यमा शितल केसी सर्वाधिक ३०२ मत प्राप्त गर्दै विजयी भएका छन् । अघिल्लो निर्वाचनमा पनि उनी सदस्यमा विजयी भएका थिए ।

यस्तै अन्य सदस्यहरुमा गोपाल ढकाल ‘छन्दे’ २८७, उद्दव प्रसाद भट्टराई २११, पवन केसी २०२, नम्रता खरेल १८७, पुकार भट्टराई १८२, खुश्बु खड्का १७७, सरिता राधोपाध्याय १४६, रोशन श्रेष्ठ १३५ र समीर लामा १३३ पनि विजयी भएका छन् ।