चौथो नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२३ घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौं, २ चैत

चौथो संस्करणको ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड–२०२३’ फारम खुला गरिएको छ । सन २०१८ मा घोषणा भएको यो अवार्ड कोरोनाका कारण एकवर्ष सरे पनि २०२० बाट नियमित रुपमा हुँदै आएको छ ।

यसै क्रममा चौथो नेपाल म्युजिक एण्ड फेसन अवार्ड–२०२३ को फारम आयोजक पक्षले बिहिबार खुला गरेको हो । नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्ड आयोजना हुँदै आएको आयोजक संस्था स्टार इन्टरटेनमेन्टकी अध्यक्ष पुजा निरौलाले बताएकी छिन् । बिगत झै यो वर्ष पनि अवार्डको आयोजना स्टार वान इन्टरटेनमेन्ट र विलक्षण क्रियसन प्रा.लि.ले गर्दैछ ।

यो अवार्डमा सहभागी हुन चाहने गीतहरु सन २०२२ जनवरी १ बाट सन २०२३ फेब्रुअरी अन्तिम दिनसम्म सार्वजनिक भएको हुनु पर्ने अवार्ड आयोजक निरौलाले जानकारी गराएकी छिन् । उनका अनुसार अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरुले भाग लिन पाउने छन् । गीतसँगै म्युजिक भिडियोको टिमले पनि भाग लिने पाउने छन् ।

कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा विभिन्न सम्मान पनि गरिने छ । संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरुलाई ‘आजीवन योगदान सम्मान’ र विशेष सम्मान प्रदान गरिनेछ । फेसनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्टिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्टिय व्युटिपेजेन्ट उपाधि विजेता, फेसन आईकन, फेसन तथा ब्युटीपेजेन्ट फोटो ग्राफर, उत्कृष्ट फेसन शो तथा व्युटिपेजेन्ट, फेसन डिजाइनिङ इन्टिच्युट, इन्टनेशलन पेजेन्ट डिरेक्टर विधामा प्रतिस्पर्धा हुनेछ ।

अवार्डमा भाग लिन चाहनेहरुका १ चैतबाटै आगामी ३० चैतसम्म फारम खुला गरिएको अवार्ड संयोजक सरिता भारतीले बताएकी छिन् । यो अवार्डमा सहभागी हुन चाहनेहरुले फारम भरेर आगामी २ बैशाखसम्म आयोजक पक्षलाई बुझाईसक्नु पर्ने छ । सहभागीले स्टार वान इन्टरटेनमेन्टको कार्यालय नयाँ बानेश्वर र विलक्षण क्रियसनको कार्यालय पुतलीसडकबाट फारम लिएर भर्न सक्ने पनि आयोजक पक्षले जनाएको छ ।