‘मरिहत्ते…’ लिएर आए गायक सचिन रौनियर


ब्युटी न्युज नेपाल
काठमाडौं, २ चैत

पप गायनमा आफ्नो छुट्टै परिचय बनाउका गायक सचिन रौनियारले यसपटक फरक गीत ल्याएका छन् । पारिवारिक सँघर्षमा केन्द्रित नयाँ गीत ‘मरिहत्ते…’ उनले बिहिबार श्रोता÷दर्शकमाझ ल्याएका छन् ।

भनौ कि छैन भनौ, यो वनमा छैन क्यारे न्याउली कराउदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका गीतमार्फत स्थापित भएका हुन् । यसपटक यो गीतमा गायक रौनियारलाई गायिका बेनिषा पौडेलले साथ दिएका छन् । यो गीतलाई सन्तोष सुनारले लेखेका हुन् । जसमा संगीत पनि सन्तोषकै रहेको छ ।

उनले यो गीतको भिडियो मार्फत आफुलाई गायनसँगै अभिनेताको रूपमा आफूलाई अगाडी बढाएका छन् । गीतको भिडियोमा सचिनसँगै अभिनेत्री नीता ढुङ्गानाको अभिनय रहेको छ ।

सचिनको गीत ‘मरिहत्ते…’को भिडियो विहिबार काठमाडौंमा एक समारोहबचि सार्वजनिक गरिएको छ । निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कम्जोर रहेको दम्पतिको कथा देखाईएको छ । जसमा टेम्पो चलाएर जिविकोपार्जन गरेका मध्यम वर्षिय श्रमजिवी पात्रको रुपमा सचिन प्रस्तुत भएका छन् । उनको श्रीमतीको भूमिकामा अभिनेत्री निता ढुँगाना छिन् । यो गीतको कथामा बच्चालाई जीवनको अमुल्य सपना बनाएका दम्पतिले स्वास्थ्यसमस्या, सामाजिक सङ्घर्ष र जीविकोपार्जनलाई समेटिएको छ ।

‘मैले कथामा उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ। निर्देशकले चरित्रमा फिट हुन्छ भन्नुभयो’,गायक रौनियारले भने,‘डिजिटल समयमा ए मान्छेपछि कम्ब्याक भए। समयानुसारनै आफूलाई प्रस्तुत गर्दैछु।’ गायक रौनियार छ ।

अभिनेत्री ढुङ्गानाले आफूले निर्वाह गरेको भूमिकाले मनोरञ्जनसँगैसंदेश दिने जानकारी दिईन्। ‘गृहणीको भूमिकामार्फत दैनिकीमा देखिने समास्या र सामाजिक दायित्वलाई यसमा समेटेका छौँ’, अभिनेत्री ढुङ्गानाले भनिन्।कार्यक्रममा कुन्ती मोक्तान, लोचन भट्टराई, दीपक बज्राचार्य, दीपक शर्मालगायतको उपस्थिति थियो।

यो गीतको भिडियो आकर्षक बनेको छ । भिडियोमा निता र सचिनको जोडी सुहाएको छ । भिडियोलाई हरी हुमागाईंले छायाङ्कन र विकास धमलाको सम्पादन गरेका हुन् ।