पत्रकार बिदूर गिरी पुरस्कृत


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ फागुन

कामना सिनेमासिकका सम्पादक तथा नेपाल समाचार पत्र दैनिकका बरिष्ट उपसम्पादक बिदूर गिरी पुरस्कृत भएका छन् । पिम नेपालको आयोजनामा आईतबार ललितपुरको क्वायर होटलमा सम्पन्न नेपालको पहिलो समावेशी अवार्ड ‘छैटौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड –२०७९’ समारोहमा गिरी पुरस्कृत भएका हुन् ।

नगद सहित दोसल्ला उढाएर गिरीलाई पिम नेपाल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीसहित सहित पूर्व सभामुख चित्रलेखा यादव, बरिष्ट चरित्र अभिनेत्री बसुन्धरा भुसाल, पत्रकार शान्तिप्रिय, अवार्ड आयोजक कमला जोशीलगायतले पत्रकार गिरीलाई सो पुरस्कार प्रदान गरेका हुन् ।

चलचित्र पत्रकारितामा बिगत तीन दशकदेखि सक्रिय गिरीले विभिन्न राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन् । कला पत्रकारितामा लामो समयदेखि योगदान दिँदै आएकाले यसपटक पत्रकारिता पुरस्कार बरिष्ट पत्रकार बिदूर गिरीलाई प्रदान गरिएको पिम नेपालका अध्यक्ष माधवराज खरेलले अवार्ड अवार्ड समारोहमा बताएका छन् ।

पिम पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएको पत्रकार बिदूर गिरीलाई ब्युटी न्युज नेपाल परिवारका तर्फबाट हार्दिक बधाई ।