नेपाल चलचित्र कलाकार संघको कार्यसमिति सदस्यमा प्रेम पाण्डे (पुण्यप्रसाद पाण्डे)को उम्मेदवारी


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ फागुन

नेपाल चलचित्र कलाकार सघको नयाँ कार्यसमितिको लागि यही ४ चैतमा चुनाव हुँदैछ । सो निर्वाचनको लागि शनिबार विभिन्न कलाकारले उम्मेदवारी दिएका छन् । यसै क्रममा संघको १० जना केन्द्रिय कार्यसमितिको पनि निर्वाचन हुँदैछ । जसका लागि कार्यसमिति सदस्यमा पुण्यप्रसाद पाण्डे (प्रेम पाण्डे)ले उम्मेदवारी दिएका छन् ।

बिगत दुई दशक भन्दा लामो समयदेखि कलाकारिता गर्दै आएका प्रेमले चलचित्र ‘मामा घर’बाट अभिनय यात्रा सुरु गरेका थिए । त्यसपछि उनले हालसम्म छक्का पञ्जा ४, महापुरुष, जात्रा, जात्रै जात्रा, छक्का पञ्जा, जात्रा, छ मायाँ छपक्कै, नारी, कर्तव्य, शेर बहादुर, ६ एकान ६, छक्का पञ्जा ३, बिषलगायतका विभिन्न चलचित्रमा चरित्र अभिनेता तथा सह अभिनेताको रुपमा काम गरिसकेका छन् ।

विभिन्न राष्ट्रिय अवार्ड तथा सम्मानबाट सम्मानित कलाकार प्रेम पाण्डे लामो समयदेखि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा कार्यरत छन् । मुलत त्रिभुवन अन्तराष्ट्रिय तथा आन्तरिक विमान स्थलमा कलाकारहरुलाई पर्ने हरेक समस्यामा उल्लेख्य सहयोग गर्दै आएका पाण्डेले पशुपति क्षेत्र विकाश कोषको परिषद सदस्य भएर पनि योगदान दिँदै आएका थिए ।

दर्जनौ सिरियल तथा म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका पाण्डे नेपाली चलचित्रका कलाकारहरुको विभिन्न समस्यालाई समाधान गर्न यसपटक संघको कार्यसमिति सदस्यको उम्मेदवार बनेको बताउँछन् । संघमा आफुले राम्रो मत प्राप्त गरेर जित्ने उनको विश्वास छ । केन्द्रिय सदस्य भएर कलाकारको विभिन्न समस्यालाई समाधान गर्न लागिपर्ने उनले प्रण गरेका छन् ।