ब्युटी न्युज नेपाल
काठमाडौंँ, २८ फागुन

नेपालकी प्रथम नायिका भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’ बाट सम्मानित भएकी छन् । काठमाडौंमा आयोजित ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा उनलाई सम्मानित गरिएको हो । कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी यादव खरेल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङ लगायतले उनलाई सम्मान प्रदान गरे ।

कार्यक्रममा फिल्मका चर्चित कला निर्देशक निर्जल श्रेष्ठलाई ‘सोसल मिडिया कला सम्मान २०७९’, पत्रकार पारशमणी पौडेललाई ‘युवा पत्रकारिता पुरस्कार २०७९’ प्रदान गरियो । पौडेललाई नगद १५ पाँच सय ५५ बाट सम्मानित गरिएको हो ।

ड्रिमवल्र्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाडाँैले आयोजनामा गरेको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’मा चलचित्र ‘बेलुन’ ले सर्वोत्कृष्ट अवार्ड पाएको छ । समारोहमा २२ जनाले अवार्ड पाए । समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विषयवस्तु समेटिएका लघुचलचित्र र वृत्तचित्रलाई अवार्ड वितरणमा बढी प्राथमिकता दिइएको कार्यक्रम निर्देशक शवनम मुखियाले बताइन् ।

चर्चित फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्देशक प्रणय लिम्बू, सञ्चारकर्मी आरती चटौतले निर्णायक रहेको अवार्डमा आदिवासी जनजाति चलचित्रमा भने निणार्यक समुहमा अग्रज पत्रकार विजयरत्न तुलाधर, प्रणय लिम्बू र गीतकार भूमिका सुब्बा रहेका थिए ।

अवार्ड बिजेताहरु

उत्कृष्ट छोटो फिल्म ः बादलको गीत
उत्कृष्ट निर्देशक ः अंकित पौडेल (बादलको गीत)
उत्कृष्ट सम्पादक ः दीपेन्द्र मल्ल, आशिष भण्डारी (पेन्सिल)
उत्कृष्ट स्क्रिनप्ले ः बालोन (जोन योन्जोन)
उत्कृष्ट सिनेमेटोग्राफर ः राजेन्द्र पाल (भबिहिन)
उत्कृष्ट ध्वनि डिजाइन ः किशोर आचार्य (बादलको गीत)
उत्कृष्ट अभिनेता ः हिमाल खड्का (पेन्सिल)
उत्कृष्ट अभिनेत्री ः काव्य आचार्य (रत्नपार्क)
उत्कृष्ट स्वदेशी फिल्म ः के (सागर केरुङ)
उत्कृष्ट दस्तावेज ः लाडी पूजा (विन्दु कुमारी माझी)
बेस्ट युट्युब भिडियो ः कोरोना हर्णे देवी (अशोक बस्नेत) उत्कृष्ट एनिमेटेड भिडियो ः सियाल र सिंह को कथा (बिशाल लोहानी)
उत्कृष्ट देशभक्ति संगीत भिडियो ः एक्स ब्यान्ड, मातो पानी (शिव मुखिया)
सर्वश्रेष्ठ सामाजिक भिडियो ः राहराई भो (उत्सव केसी)
प्रोत्साहन पुरस्कार ः छोरी (सुरेन्द्र थापा)
उत्कृष्ट चलचित्र निर्माता महिला ः गंगा (मेरोन राज भण्डारी)
उत्तम सन्देश ः कलुवा (अम्बिका भण्डारी)
क्रिएटिभ फिल्म अफ द इयर बालुन ः बलोन (जोन योन्जन)
जूरी पुरस्कार ः नाफुलेको फुल
जुरी अवार्ड (स्वदेशी फिल्म) ः मोहिनी नखा
उत्कृष्ट चलचित्र बाल विषयवस्तु ः पेन्सिल