अभिनेता मानव र अभिनेत्री सुरक्षा वैवाहिक सम्बन्धमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ फागुन

अभिनेत्री सुरक्षा पन्त दाम्पत्य सम्बन्धमा बाँधिएकी छिन् । गायक तथा अभिनेता मानव सुवेदीसँग उनले बिहीबारबार (आज) विवाह गरेकी छिन् । आफन्त र निकट साथीभाइको उपस्थितिमा चितवनको सौराहाको एक रिसोर्टमा उनीहरुको विवाह सम्पन्न भएको छ ।

बुधबारमात्र टिकाटालो गरेका यी जोडीले आफुहरुको ६ वर्ष लामो प्रेम सम्बन्धलाई सार्थक तुल्याउँदै बिहिबार विवाह गरेका हुन् । सानो जमघटमा गरिएको विवाहमा मानव र सुरक्षाका दुवै पक्षका परिवार र आफन्त उपस्थित छन् । आफ्ना नजिकका चलचित्रकर्मीलाई भने उनले काठमाडौंमै पार्टी दिने बताईएको छ ।